शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • माओवादी केन्द्र बाट नेकपामा समायोजन भएका ५४ जिल्ला कमिटि सदस्य मध्ये २५ जना एमालेतिर (लिष्ट सहित)

माओवादी केन्द्र बाट नेकपामा समायोजन भएका ५४ जिल्ला कमिटि सदस्य मध्ये २५ जना एमालेतिर (लिष्ट सहित)

माओवादी केन्द्र बाजुराका प्रभाबशालि नेता एमालेमा

  • मङ्लबार, भदौ ८, २०७८
माओवादी केन्द्र बाट नेकपामा समायोजन भएका ५४ जिल्ला कमिटि सदस्य मध्ये २५ जना एमालेतिर (लिष्ट सहित)

बाजुरा–एमाले र माओवादी केन्द्र एकिकरणका बेला माओवादी केन्द्रका ५४ जना नेकपा जिल्ला कमिटिमा समायोजन भएका थिए । सर्वोच्च अदालत नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अबस्थामा फर्काए पछि माओवादी केन्द्र बाट जिल्ला कमिटिमा आएका ५४ जना मध्ये २५ जना नेकपा एमालेमा रहेको माओवादी केन्द्रका पुर्व नेता हाल एमाले बाजुराका नेता मिलन खत्रिले वताएका छन् ।

२५ जना जिल्ला कमिटि सदस्य मात्र नभइ अन्य बाजुराका प्रभाबशालि नेता समेत नेकपा एमालेमै रहेका छन् । नेकपा माओवादी केन्द्र बाजुराका संयोजक भरत बुढा सहित ६ जना माओवादी केन्द्रका प्रभाबशालि नेता नेकपा एमालेमा रहने भएका छन् । जिल्ला तहमा प्रभाब राख्ने माओवादी केन्द्रका संयोजक भरत बुुढा, पोलिट ब्युरो सहदेब बोगटी र मिलन खत्रिले नेकपा एमालेमा रहने वताएका छन् । त्यस्तै केन्द्रिय आयोजक कमिटि सदस्य अर्जुन रोकाया, कालि धराला र शुरेश रोकाया नेकपा एमाले रहेको वताएका छन् ।

भरत बुुढा माओवादी केन्द्रका संयोजक सँगै २०७४ सालमा चुुनावमा सामानुुपातिक संघिय सांसदमा लडेका थिए । बुढाको माओवादी केन्द्रमा र त्रिवेणी नगरपालिकामा राम्रो प्रभाब रहेको पाईन्छ । त्यस्तै सहदेब बोगटि माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य हुुन् । २०७० सालमा संबिधान सभाको सदस्यमा लडेका थिए । ५ हजार ६ सय मत ल्याएका थिए । बोगटि २०७४ सालको चुनावमा प्रदेश सभा क प्रदेश बाट सामानुुपातिक उम्मेद्धवार रहेका थिए ।

त्यस्तै मिलन खत्रि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुुन् । अर्जुुन रोकाया, कालि बहादुर धराला, शुेरस रोकाया केन्द्रिय आयोजक कमिटि सदस्य हुुन् । बाजुरामा माओवादी केन्द्रमा राम्रो प्रभाब राख्ने नेताहरु नेकपा एमालेमा रहेपछि माओवादी केन्द्रको राजनितिमा तरङ्ग उत्पन्न भएको छ । नेता सहदेब बोगटिले भने प्रचण्डको स्थिर राजनितिक नहुुने भएकाले एमालेमा रहेको वताएका छन् ।

माओवादी केन्द्रका नेता एमाले तिर रहेका

१. मनलाल खत्री
२. सहदेव बोगटी
३. सुरेश रोकाया
४. भरत ब. बुढा
५. मान ब. रोकाया कार्यालय सदस्य
६. काली ब. धराला जिल्ला कमिटि सदस्य
७. उब्जन भण्डारी
८. दिनेश राज जैशी
९. मन सार्की
१०. मोहन बुढा
११. ऐन सार्की
१२. कणर् ब. बुढा
१३. राम ब.ऐडी
१४. प्रकाश ब.साही
१५. मन ब. रावल
१६. अर्जुन कटुवाल
१७. बिरेन्द्र रोकाया
१९. रंगलाल बोगटी
२०. लाल ब.बिक
२१. राधिका बोगटी
२२. रण ब. खत्री
२३. गोपाल बुढा
२४. लालजित थापा
२५. रेखा कडारा
२६. रामकला लवार
२७. सन्तराम बिष्ट
२८. अंगे लवार
२९. हेमराज साही

चर्चामा

सम्बन्धित समाचार