बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरा जिल्ला बुढिगंगा नगरपालिकाकी एक महिला भारतको दिल्लीमा बेपत्ता

बाजुरा जिल्ला बुढिगंगा नगरपालिकाकी एक महिला भारतको दिल्लीमा बेपत्ता

  • मङ्लबार, भदौ १, २०७८
बाजुरा जिल्ला बुढिगंगा नगरपालिकाकी एक महिला भारतको दिल्लीमा बेपत्ता

बाजुरा — बाजुरा जिल्ला बुढिगंगा नगरपालिकाकी एक महिला भारतको नयादिल्लीमा ७ दिन देखि बेपत्ता भएकी छन । वेपत्ता हुनेमा सोहि नगरपालिका वडा.नं १० निवासी ४५ बर्षिया मन्धरा देवी चदारा रहेकी छन । उनि २०७८ साउन महिनाको २७ गतेदेखी सम्र्पकबिहीन भएकी उनक आफन्त कमल राज जोशीले भारतबाट जानकारी दिएका छन ।

महिला भारतको चादनी चोक हुँदै पश्चिमविहारमा आफन्तलाई भेटाउछु भनेर कोठाबाट निस्केकी र आफन्तलाई खबर गर्दा आफन्त कहाँ नपुगेको उनका माहिला छोरा उपेन्द्र चदाराले बताएका छन ।
भारतको चाँदनी चोकमा काम गर्दै आएकी मन्धरा देवी चदारा दिउँसोको १२ बजेतिर कोठाबाट पश्चिमविहारमा आफन्तलाई भेट्न जान्छु भनेर निस्केकी बताएका छन । उनि कोठाबाट निस्केको केहि समयपश्चात उनका आफन्त भएको ठाउँमा पुगिन कि भनेर खबर गर्दा आफन्तकहाँ नआएपछि उनलाई खोजि गर्दा नभेटाएको बताएका छन । चदारा हराएदेखि उनका आफन्तले खोजि गर्दा कहि कतै नभेटाएको उनका आफन्तले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार