मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका एक यूवक भारतको लालकिल्लाबाट हराए

बाजुराका एक यूवक भारतको लालकिल्लाबाट हराए

  • आइतवार, साउन ३१, २०७८
बाजुराका एक यूवक भारतको लालकिल्लाबाट हराए

बाजुरा — बाजुराका एक युवा भारतको लालकिल्लाबाट हराएका छन । बाजुरा जिल्ला बुढिगंगा नगरपालिका वडा न ९ सेरालबाडा घर भएका ३१ बर्षिय युबक गंग सेराला भारतको लालकिल्ला बाट हराएको स्थानीय अरुण गाउँलेले जानकारी दिएका छन । उनि भारतको लालकिल्लाबाट हराएको एक महिना पुग्न लागेको उनले बताए ।
सेराला हराएपछि उनकी श्रीमती र दुइ छोराछोरीको समेत बिचल्ली भएको गाउँलेले बताएका छन । घरको जोहो र छोराछोरीको पढाइका लागि कमाउन ७ महिना अगाडी मजदुरी गर्न गएका उनका आफन्तले बताएका छन । भारतका धेरै ठाउँमा खोजी गर्दा कतै नभेटिएको र सम्र्पकमा नआएको आफन्तले बताएका छन । खाेजी कार्य अझै जारी रहेकाे रूकम थापाले बताएका छन । थापा संगै गाउँकाे टाेली खाेजी कार्यमा रहेकाे थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार