मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाज
  • स्थानिय साझेदारी पुर्बाधार बिकास कोषको योजना हालेबाफत ५० हजार लिएको खुलाशा

स्थानिय साझेदारी पुर्बाधार बिकास कोषको योजना हालेबाफत ५० हजार लिएको खुलाशा

  • सोमवार, साउन २५, २०७८
स्थानिय साझेदारी पुर्बाधार बिकास कोषको योजना हालेबाफत ५० हजार लिएको खुलाशा

बाजुरा- स्थानिय साझेदारी पुर्बाधार बिकास कोष बाट योजना हाले बाफत ५० हजार लिएको खुलाशा भएको छ । बुढिगंगा नगरपालिका १० सिगाडा माबिमा आर्थिक बर्ष २०७६।०७७ मा बिद्यालयको घेरबार बाफत बिनियोजन भएको १० लाख रकम बाट ५० हजार लिएको पाईएको छ ।
बिद्यालयमा योजना हाल्नमा आफ्नो रकम खर्च भएको भन्दै स्थानिय पदम बहादुर साउदले ५० हजार रकम लिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दल बहादुर साउदले वताएका छन् । योजना हाल्नमा आफ्नो लगानी भएको भन्दै ५० हजार लिएको ब्यबस्थापन समिति अध्यक्ष साउदले फेसबुक मार्फत लेखेका छन् । खर्च ६० हजार भएको भन्दै ५० हजार लिएको बुझिएको छ ।
वडा अध्यक्ष धर्मराज जैशीले भने पदम साउदले ५० हजार लिएको सुनिन आएको बताए । तर रकम दिने पनि अध्यक्ष तिनै दल बहादुर साउद रहेको जैशीले वताए । पहिला रिन भनेर योजना बाट ५० हजार मागेको साउदले तर अहिले फिर्ता माग्दा योजना हाल्दा खर्च भएको भन्दै फिर्ता नदिएको अध्यक्षले वताए । वडा अध्यक्ष जैशीले भने पहिला रकम दिने पनि ब्यबस्थापन समिति अध्यक्ष नै हुने के समझदारी भएको हो, अहिले विवाद किन भएको आफु अनबिग्य रहेको वताए । नाम नभन्ने सर्तमा एक स्थानियले भने संघिय सांसद कोषको योजना मात्र नभइ प्रदेश बाट आएको योजना बाट पनि योजना हाले बाफत रकम लिने गरेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार