बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • सांसद पद जोगाइदिन माग गर्दै टोपबहादुर पुगे सर्वोच्च, बिहीबार पेसी

सांसद पद जोगाइदिन माग गर्दै टोपबहादुर पुगे सर्वोच्च, बिहीबार पेसी

  • बुधबार, साउन १३, २०७८
सांसद पद जोगाइदिन माग गर्दै टोपबहादुर पुगे सर्वोच्च, बिहीबार पेसी

नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । बुधबार सर्वोच्च अदालत पुगेर रायमाझीले मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधि सभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै रिट दर्ता गराएका हुन् ।

माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझीलगायत पूर्व माओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो ।

कारबाही भएको र सांसद पदबाट हटाएको झन्डै ४ महिनापछि रायमाझी सर्वोच्च अदालतमा गुहार माग्न पुगेका हुन् । रायमाझीले माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, अध्यक्ष पुष्पकमल दाहाल, निर्वाचन आयोग, संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गरेका हुन् । सर्वोच्च अदालतले रायमाझीको रिट बिहीबारका लागि पेसीमा चढाएको छ ।

हेर्नुहोस्, रायमाझीले दायर गरेका रिटः

 

चर्चामा

सम्बन्धित समाचार