शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • मनोमानी डोजरले सड्क निर्माण गर्दा बाजुराका दर्जनौ गाउँ पहिरोको जोखिममा

मनोमानी डोजरले सड्क निर्माण गर्दा बाजुराका दर्जनौ गाउँ पहिरोको जोखिममा

  • बुधबार, साउन १३, २०७८
मनोमानी डोजरले सड्क निर्माण गर्दा बाजुराका दर्जनौ गाउँ पहिरोको जोखिममा

बाजुरा—बाजुराका दर्जनौ बस्तिहरु मनोमानी डोजरले सडक निर्माण गर्दा पहिरोको उच्च जोखिममा रहेका छन् । साँफे मार्तडी सडक, मार्तडी कोल्टि, पिलिचौर कवाडी हुदै बिच्छँया लगायतका दर्जनौ सडकमा मनोमानी रुपमा डोजर सञ्चालन गर्दा बाजुरा नै पहिरोको उच्च जोखिममा रहेको हो ।
मार्तडी कोल्टि सडक निर्माणमा सदरमुकाम मार्तडी देखी ढम्कने सम्म मनोमानी रुपमा डोजर सञ्चालन हुदा धेरै बस्ति उच्च जोखिममा रहेको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वताए । मार्तडी कोल्टि सडक निर्माण गर्दा डोजर प्रयोग भएको र निरन्तर वर्षाका कारण कमजोर जमिन भासिएर सडकबाट खनेको बाटो ढुंगा गाँउमा पसेपछि चुथि, रजातोली, अनाई, ढम्कने र झराउले लगायतका बस्ती जोखिममा रहेका छन् ।
बडिमालिका नगरपालिका ९ को अनाई र झराउले गाउँ बाढीपहिरोको बस्ती नै उच्च जोखिममा भएको छ । निरन्तर वर्षा र डोजरले जथाभाबी सडक खने पछि कमजोर भएको जमिन भाँसिदा बस्ती नै जोखिममा परेको छ । त्यस्तै मनोमानी डोजर प्रयोग गर्दा हिमाली गाउँपालिकामा पहिरोका कारणले बिस्थापित भएका १ सय ३७ परिवार बिच्चलीमा परेका छन् । वडा नम्बर-४ को फैती गाउँका ४० र वडा नम्बर ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् ।
गाउँभन्दा तल निर्माण गरिएको सडकका कारण घरहरू भासिएको देखिएको छ । ‘सडकले गाउँको तल्लो भाग खनेकाले गाउँ नै भासिएको रहेछ,’ पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि फर्केका इलाका प्रहरी कार्यलय कोल्टिका इन्चार्ज प्रहरी निरिक्षक देबेन्द्र जोशीले वताए । ‘गाउँ नै चिराचिरा परेर भासिएको छ । कुनै घर भत्किसकेका जोशीले वताए । जमिन भासिएर कमजोर भएपछि गाउँको बीचभाग भएर बग्ने खहरे खोलाले पनि कटान गरेकाले झन् बढी क्षति भएको उनले बताए ।
गाउँको माथि बाट डोजर सड्क निर्माण गर्दा बडिमालिका नगरपालिका -१ मैमातोलाको बस्ती नै पहिरो उच्च जोखिममा रहेको छ । घर माथि बाट सडक निर्माण गर्दा स्थानियले रोक्न खौज्दा पनि जबरजस्ती सड्क डोजर खनेर लगे । अहिले मैमातोलाका १० परिवारको उठिवास भएको छ । उनिहरु अहिले पानि आएको बेला गाँउ बाट तल टाढा गएर चौरमा पाल टागेर बस्ने गरेका छन् । हिँउदको बेला सड्क बन्यो अब विकास भयो भन्ने लागेको थियो, अहिले त माथि बाट पहिरो आउदा उल्टै बिनाश भएको स्थानिय नरि बिष्टले वताए ।
सदरमुकाम मार्तडी देखि गौमुल गाउपालिका सम्म जोड्ने यो सडक निर्माण गर्दा गाउका दर्जन बढि किसानको खेतबारी पहिरोमा परिणत भएको छ । भने तिन वटा बस्ति उच्च जोखिममा रहेका छन् । कतिपय ठाउँमा घरमाथि निर्माण भएका सडकबाट बग्ने पानीले पहिरोको रुप लिएको छ । खेतबारी बीचबाटै निर्माण भएको सडकले खेतबारी नै बगाउन थालेपछि उनीहरुकोे स्थानियको उठिबास हुन लागेको छ । परिवार पाल्ने धानखेत सबै बगाएपछि मैमातोला बासी अहिले निराश हुनुका साथै बस्ति बिस्तारको माग गरिरहेका छन ।
बाजुराका दर्जनौ बस्ति अहिले सड्क निर्माण गर्दा डोजर प्रयोगले पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानिय सरकारले सड्क निर्माणका क्रममा जथाभाबि डोजर परिचालन गर्दा बस्ति जोखिम र खेति योग्य जमिन तहसनहस हुदै गएको छ । छेडेदहँ गाँउपालिका २ बस्ने सुरत थापाले भने कुनै योजना छैन, डोजरले आफै प्राबिधिक भएर सड्क खनिरहेका छन् । जथाभाबी सड्क निर्माण गर्दा गाँउ जोखिममा बनेको वताए । छेडेदह गाँउपालिका मात्र दर्जन बस्ति पहिरोको जोखिममा रहेको वताए । वडा नम्बर ५ डोगडिको गाँउमा माथि बाट सड्क निर्माण भएको अहिले बर्षात पहिरो बग्दा १ सय परिवार जोखिममा रहेको उनले वताए ।
वन डिभिजन कार्यलय बाजुराका अनुसार सड्क निर्माणका नाममा जंगल फडानी गरेको जनाएको छ । जता जंगल त्यतै बाटो सड्क लिएका छन्, डोजर प्रयोग गरेर जंगल फडानी भएको छ, यसले गर्दा बाजुरामा जताततै पहिरोको त्रास रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार