शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • सुन्दर बनेको ‘भू–स्वर्ग’ खप्तड घुम्ने माैसम (फोटो फिचर)

सुन्दर बनेको ‘भू–स्वर्ग’ खप्तड घुम्ने माैसम (फोटो फिचर)

  • मङ्लबार, साउन १२, २०७८
सुन्दर बनेको ‘भू–स्वर्ग’ खप्तड घुम्ने माैसम  (फोटो फिचर)
फोटो / सृष्टि रेग्मी (उप–प्रमुख बुढीनन्दा नगरपालिका, बाजुरा)

बाजुरा– साउन महिनामा निकै लाेभ लाग्दा दृश्य देख्न पाइन्छ खप्तडमा। महत्वका हिसाबले यसले पाएको छ- भू-स्वर्गको उपमा। जो कोहीलाई लोभ्याउने आकर्षक गन्तव्य खप्तडलाई नेपालको स्वीट्जरल्याण्ड पनि भन्ने गरिन्छ। बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको भूभाग ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किलोमिटरमा फैलिएको छ।

समुद्री सतहबाट २४०० देखि ३७०० मिटर उँचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ, १२ हजार फिट अग्लो खप्तड लेक। कुनै बेला खप्तड बाबाले ५० वर्ष तपस्या गरेको यो भूमि प्राकृतिक सुन्दरता अनि जैविक विविधताको पनि खानी हो।

खप्तड वरपर २२ वटा पाटन छन्। छिनमै घाम लाग्ने, छिनमै पानी पर्ने मौसम यहाँको विशेषता। अनि रंगीविरंगी फूलहरुले मैदान नै रंगीन गलैंचा बिछ्याए झैं देखिने।

सुदूरपश्चिम प्रदेशमा रहेको खप्तड नेपालकै प्रचुर सम्भावना बोकेको पर्यटकीय स्थल हो।

फोटो : सृष्टि रेग्मी(उप–प्रमुख बुढीनन्दा नगरपालिका, बाजुरा)

त्यहाँ सहस्र लिङ्ग, त्रिवेणी, खप्तड बाबा आश्रम, खापर दह, त्रिवेणी, माईकाथान जस्ता शक्तिपीठहरु रहेका छन्।

समुन्द्री सतहबाट करिब ३३ सय फिट उचाइ र दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र धार्मिक रूपमा पवित्र मानिन्छ।

 ठूला ढुङ्गामा नाग ढुङ्गा, हरिन चरिजेठी बहुरानी, छिन्टे ढुङ्गा, रयाइ घट्ट छ्याई पानी, भिम लौणी लगायतका आकृति रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार