मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • पतिको शुक्रकिट रक्षाका लागि अदालतमा मुद्दा

पतिको शुक्रकिट रक्षाका लागि अदालतमा मुद्दा

  • शनिबार, साउन ९, २०७८
पतिको शुक्रकिट रक्षाका लागि अदालतमा मुद्दा

भारतको बडोदरास्थित स्टर्लिंग अस्पतालले अदालतको आदेश बमोजिम कोभिड १९ संक्रमित एक युवकको वीर्य संकलन गरेर सुरक्षित राखेको छ । ती संक्रमित पुरुषकी पत्नीले अदालतमा दायर गरेको एक रिट निवेदनमा गुजरात उच्च अदालतले दिएको आदेश बमोजिम अस्पतालले संक्रमितको वीर्र्य संकलन गरेको हो ।

ती महिलाका वकिल निलय एच पटेलले बीबीसीलाई बताए अनुसार कोभिड १९ संक्रमित ती पुरुषको स्वास्थ्य अवस्था निकै बिग्रिंदै गएको थियो । आफ्नो पतिको कोभिडका कारण मृत्यु हुने सम्भावना बढेसँगै ती महिलालाई पतिको शुक्रकिट निकालेर सुरक्षित राख्ने चाहना पलायो । उनले आफ्नो लोग्ने उपचाररत अस्पतालसँग पतिको वीर्र्य निकालेर राखिदिन अनुरोध पनि गरिन् । तर अस्पतालले यसका लागि पतिको सहमति आवश्यक रहेको बतायो । त्यहाँनेर के समस्या उत्पन्न भयो भने उनका पति आफ्नो वीर्र्य निकाल्नका लागि सहमति दिनसक्ने अवस्थामा थिएनन् । त्यसपछि ती महिलाले अदालतको ढोका ढक्ढकाइन् ।

उक्त दम्पत्तिको विवाह केवल ८ महिना अगाडि मात्र भएको थियो र उनीहरु क्यानडामा बसोबास गर्दै आएका थिए । पुरुषका पिता बिरामी परेपछि उनीहरु क्यानडाबाट स्वदेश फर्किएका थिए । घर फर्किएलगत्तै ती युवकमा पनि कोरोना संक्रमण देखा पर्यो । ती युवकको उमेर झण्डै ३० वर्षको रहेको बताइएको छ ।

स्टर्लिंग अस्पतालका क्षेत्रिय निर्देशकका अनुसार ती युवकलाई ४५ दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो दिनमा उनका शरीरका विभिन्न अंगले काम गर्न छाडेका छन् र उनलाई बचाउन सकिने सम्भावना निकै कम छ ।

अस्पतालले विशेष विधिबाट निकालेको ती युवकको वीर्र्य हाल सुरक्षित अवस्थामा राखिएको छ । उक्त शुक्रकिटलाई कसरी उपयोग गर्ने भन्ने कुरा बिरामीकी पत्नीको निर्णयमा भर पर्नेछ ।

–बीबीसी

चर्चामा

सम्बन्धित समाचार