शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • छाउपडी पर्था सम्बन्धी जनचेतनामुलक देउडा गीत सार्वजनिक(भिडीयाे सहित)

छाउपडी पर्था सम्बन्धी जनचेतनामुलक देउडा गीत सार्वजनिक(भिडीयाे सहित)

  • बुधबार, साउन ६, २०७८
छाउपडी पर्था सम्बन्धी जनचेतनामुलक देउडा गीत सार्वजनिक(भिडीयाे सहित)

बाजुरा ः
समाजमा कुसंँस्कारको छाउपडी पर्थाको अन्त्य गर्न जनचेतनामुलक गीत बुधबार सार्वजनिक गरिएको छ ।
सदरमुकाम मार्तडीमा सो गितको एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । सुदुर साहित्यक प्रतिस्ठान बाजुराको आयोजनामा संचालन गरिएको बिमोचन कार्यक्रमको अध्यक्षता प्रतिश्ठानका अध्यक्ष हर्क खडाएको अध्यक्षतामा संचालन गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावत रहेका थिए । साहित्य प्रतिस्ठानका सचिव कृष्ण ओलीले संचालन गरेको सो कार्यक्रमा प्रमुख अतिथी रावतले भिडीयोलाई पेले गरेर बिमोचन गरेका थिए ।
हाम्रो समाजमा कुपर्थाका कारण हाम्रा दिदि बहिनी हाम्रा आमा देखि लिएर सम्पुणर् नारिहरु छाउपडी प्रथाबाट समाजमा रहेका कुसंस्कारका सन्देशलाई लिएर सो गित निकालिएको कलाकारहरुले बताएका छन । परम्परा देखिको कुप्रथाले कयौँ नारीहरुको जीवन छाउ गोेठमै गएकोले समाजमा केही सन्देश दिन सो गितको मुख्य उदस्य रहेको कलाकार हर्क खडायतले बताएका छन । बाजुरा जिल्ला बिकटता अशिक्षित भएका कारण परम्परा देखि आएको छाउपडि प्रथा छुवाछुतलाई समाजको देखावटि रुपमा चालचलन भनेर यहि प्रथा जोगाई राख्दा कयौँ नारीले ज्यान गुमाउन नपरोस भनेर सो गित बजारमा ल्याएको गितका रचनाकार राजेन्द्र शाह बिपीले बताएका छन ।
यो समाजको परम्परा छाउपडी प्रथालाई मुल्य मान्यता भनेर परम्परा जोगाएर कयौँ नारीको ज्यान गुमाउन सक्ने समाज बदल्न छाउपडी सँस्कार होईन कुसँस्कार र कुरिती हो यसलाई अन्त्य गर्ने लक्षका साथ तयार पारिएको उक्त गितको निर्माणमा पदम कठायतको बिशेष भुमिका रहेको देउडा गायक खडायतले बताएकाछन । जनचेतना मुलक गीतको शब्द संकलन राजेन्द्र शाह वि.पी.ले गरेका छन ।
छाउपडी बोलको सो गितमा रेखा जोशी, हर्क खडायत र सर्मिला बिसीको स्वर रहेको छ । मालाश्री स्टुडीयमा रेर्कड गरिएको सो गितको सब्द रचना राजेन्द्र शाह बिपीको रहेको छ भने सो गितको लय र बाद्यय बादन बिनोद बजुरेलीले गरेका छन । भिम थापाको निर्देशन रहेको सो गितको छायाङकन डिभी रौलेले गरेका छन ।
त्यसै गरी प्रबिन रस्मी मगरले सम्पादन गरेको सो भिडियोको अभिनय हर्क खडायत, मनिसा रोकाया, करिस्मा रोकाया र अगेँ रोकायाले गरेका छन । सो भिडीयो खप्तड डिजीटल म्युजिक प्राइभेट लिमिटेको युटुवबाट अपलोड गरीएको छ । साे गितकाे प्रायाेजन पीसविन बाजुरा, एचअारसी बाजुरा, एक्सन एड र  इडीसीले गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार