बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • सेना, प्रहरीको सुरक्षा बिचमा बाजुरा कारागार भित्र चरेश र मोवाइलको कारोबार

सेना, प्रहरीको सुरक्षा बिचमा बाजुरा कारागार भित्र चरेश र मोवाइलको कारोबार

  • शनिबार, साउन २, २०७८
सेना, प्रहरीको सुरक्षा बिचमा बाजुरा कारागार भित्र चरेश र मोवाइलको कारोबार
फाइल तस्बिर

बाजुरा–कारागार बाजुरा शाखाको सुरक्षा नेपालि सेना र नेपाल प्रहरी गरिरहेको भएपनि कारागार भित्र चरेश र मोवाइलको कारोबार हुने गरेको पाईएको छ । कारागार भित्र कैदिहरुले चरेश बाहिर बाट लिएर भित्र कारोबार गर्ने गरेको बिगत देखि पाइरहेको छ ।
गत बर्षको साउनमा प्रशासन लगायत सरकारी टोलीले गरेको अनुुगमनमा ९ ओटा मोबाइलका साथै चरेश समेत भेटाएको थियो । जिल्ला प्रशासनले पटक पटक अनुुगमन गरेको भएपनि कारागार भित्र चरेश र मोबाइल जान रोकिएको छैन् । कारागार भित्र चरेश पठाउने काम कारागार शाखाका कर्मचारी तथा कैदी नायक बाट हुने गरेको खुल्न आएको छ ।
बाजुराका कारागार शाखामा अहिले ४७ जना कैदी रहेका छन् । कारागारको क्षमता २५ जना रहेपनि ठाँउ अभाबमा धेरै कैदि राख्नु परेको कारागार शाखाका प्रमुख जेलर सुनराज रावलले जनाएका छन् । बाजुरा कारागारमा अहिले ३९ भन्दा बढि मोबाइल फोन रहेका छन् । कैदी नायक रुपेश रावतले समेत दुुइवटा मोबाइल फोन प्रयोग गर्ने गरेका छन् । उनले भिभो एनरोड सेट र साधा सेट चलाउने गरेको एक गोप्य स्रोतले वताएको छ । कारागार भित्र एक महिनामा २० हजार भन्दा बढि चरेशको कारोबार हुने गरेको एक गोप्य स्रोतले वताएको छ ।
दैनिक जसो चरेस (अत्तर) नायक र कारागार शाखाका कर्मचारीको मिलोमतोमा कारागार भित्र गइरहेको पाईएको छ । कारागार शाखा प्रमुख जेलर सुनराज रावलले भने कैदीहरु ले फोन चलाइरहेको जानकारी आइसकेपछि साउन २४ गते अनुुगमन गर्दा १ मोबाइल भेटाएको वताए । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी मदनजित महराले भने बाहिर आएको कुरा जस्तो चरेश र फोनको कारोबार नभएको वताएका छन् ।
जेलर रावलले भने घरहरु पुरानो र थोत्रो भएकाले कहाँ लुकाउने गरेका छन्, खोज्दा पनि नभेटाउने गरेको बताए । कारागार भित्र सामान पठाउदा त्यो बेला चरेश र फोन भित्र जान सक्ने उनले वताएका छन् । सुरक्षाकर्मी र शाखा कर्मचारीलाई चेकजाँच अलि कडा गर्न आग्रह गरेको वताए ।
बाजुरा कारागारका भवनहरु पनि निकै जिणर् भएकाले भवन पनि जोखिममा रहेका छन् । अर्को कैदीहरु राख्ने ठाँउ पनि निकै कम रहेकोले समस्या भएको वताएका छन् । साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने अनुुगमन गएको बेला पहिलानै कैदीलाई जानकारी भएको हुन सकेकाले भेटाउन नसकेको वताए । थप अनुसन्धान गर्ने उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार