मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

बाजुराका खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

  • बिहिबार, असार ३१, २०७८
बाजुराका खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

बाजुरा–बाजुराकाे बुढिगंगा ४ घर भएका खम्मबहादुर खाती सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा  नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

बिहीबार राष्ट्रपति भण्डारीले खातीलाई संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधीवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। उनलाई आजै प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

बाजुरा जिल्ला निवासी खाती नेपाल बार एसोसिएसनका पूर्वमहासचिव समेत हुन्। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। सो आदेशसँगै केपी शर्मा ओली पदमुक्त भएपछि मंगलबार रमेश बडालले महान्यायाधीवक्ताको पदबाट राजीनामा दिएका थिए।

चर्चामा

सम्बन्धित समाचार