बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • युनिसेफको योजनाले किमखोला बस्ती र बिधुत नहर जोखीममा

युनिसेफको योजनाले किमखोला बस्ती र बिधुत नहर जोखीममा

  • आइतवार, असार २७, २०७८
युनिसेफको  योजनाले किमखोला बस्ती र बिधुत नहर जोखीममा

बाजुरा — बडिमालिका नगरपालिका वडा न ८ को रावलबाडामा युनिसेफले बनाएको खानेपानी ट्याङ्की गर्दा बस्ती जोखीममा रहेको छ । रावलबाडाको डाडामा बनाएको खानेपानी ट्याङ्कीको ओभरफोलो पानीले गर्दा बाउली किमखोलामा रहेको घामताप्नेको बस्ती जोखीममा रहेको छ ।
शनिबार राती परेको अबिरल बर्षा र ट्याङ्कीको ओभरफोलो पानीले पहिरो आएर बाजुरा साना जलबिधुत केन्द्रको नहर तल रहेको घामताप्नेका घरहरु जोखीममा रहेका बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावलले बताएका छन ।
डाँडामा बनाएको खानेपानी ट्याङ्कीको ओभर फालो पानी बिधुत नहर तिर लगाउदा माटो गलेर पहिरो गएको स्थानीयले बताएका छन । सो ठाउँमा धेरै बर्ष पहिले पनी पहिरो गएर जोखीम छदै थियो खानेपानी ट्याङ्कीको ओभरफोलो पानी त्यही हाल्दा बिधुत नहर तल रहेको किमखोलाको बस्तीसंगै रहेका खेतहरु पनी जोखीममा रहेको स्थानीयले बताएका छन ।
योजना बनाउदा दिर्घकालीन बनाउनु पर्नेमा केही मान्छेको स्वार्थका कारण सो समस्या आएको स्थानीयको गुनासो रहेको छ । डाडामा खानेपानी ट्याङ्की बनाउदा उसै पनि जोखीममा थियो फेरी पहिला पहिरो गएकै ठाउँमा ओभर फोलो पानी हाल्दा झन समस्या भएको स्थानीयको भनाई रहेको छ ।

No description available.
युनिसेफको सहयोगमा बनाएको सो खानेपानी ट्याङकी सहित पहिरो गएमा डाडाको बस्ती र किमखोला तिरको बस्ती निकै जोखीम रहेको सरकारी प्राबिधिकहरुले बताएका छन ।
युनिसेफको एक घर एक धारा अभियान अन्तरगत बनाएको ट्याङकी दिर्घकालिन नभएको र सो ट्याङ्की ज्यानमारा जस्तै बनेको त्यहाका नागरिकहरुको भनाई रहेको छ । सो ठाउँमा ट्याङ्की बनाउदा जोखीम हुने भन्दा भन्दै युनिसेफका प्राबिधकहरुले नमान्दा यो समस्या आएको बडिमालिका नगरपालिका वडा नम्मर ८ का अध्यक्ष प्रकाश रावलले बताए ।
सो ट्याङ्की नजिकै पहिरो गएको छ र पहिरोले गर्दा खानेपानी ट्याङ्की समेत जोखीममा छ । पहिरोले ट्याङ्की फुट्ने हो भने किमखोला तिरको बस्ती मार्तडीमा रहेको बाजुरा साना जलबिधुत केन्द्र पुरै जोखीममा रहेको छ ।

साे ठाउँमा पहिराे गएकाे भन्ने खवर पश्चात बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावल, नेपाल पत्रकार महासघं बाजुरा शाखाका अध्यक्ष छक्क मल्ल, नेपाल पत्रकार महासघं बाजुरा शाखाका निबर्तमान बरिष्ठ उपाअध्यक्ष निमेन्द्र शाही, नेपाल पत्रकार महासघं बाजुरा शाखाका निबर्तमान सचिव प्रेम बिक र जिल्ला स्थित पत्रकारहरूकाे टाेली साे ठाउँकाे अनुगमन पनी गरेकाे छ । साे टाेलीले हाल बनाएकाे ठाउँमा ट्याङ्की बनाउन उपयुक्त ठाउँ नभएकाे यसले धेरै क्षेती गर्ने संकेत देखीएकाे निस्कर्ष निकालेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार