शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • जयपृथ्वी नगरपालिकाको वडा सभापतिमा युवा राजनिति क्रमी सिहँको उमेद्ववारी

जयपृथ्वी नगरपालिकाको वडा सभापतिमा युवा राजनिति क्रमी सिहँको उमेद्ववारी

  • शनिबार, असार २६, २०७८
जयपृथ्वी नगरपालिकाको वडा सभापतिमा युवा राजनिति क्रमी सिहँको उमेद्ववारी

अर्थ जङ्ग शाही/ बझाङ्ग — जयपृथ्वी नगरपालिकाको वडा सभापतिमा युवा राजनीति क्रमि सिहको उमेद्वारी रहेको छ । नेपाली कांग्रेस को १४ अौं अधिवेशनमा बझाङको जयपूथ्बी नगरपालिकाको वडा नं १ को सभापतिमा युवा राजनितिग्य रमेश बहादुर सिहले उमेद्वारी दिने निर्णय गरेका छन्।

बिद्यार्थी काल देखि नै नेपाली कांग्रेस को राजनितीमा सक्रिय रहेका सिहँ कांग्रेसको गाउँ एकाई कमिटि को सचिव समेत भई सक्रिय राजनितिमा उनले युवाहरु माझ राम्रो छबि बनाएको उहाँका निकट साथि हरूले बताएको छ ।

गाउँको बिकास, समाज परिवर्तनका लागि अहोरात्र खटि रहने,दिन दुखिहरुको सेवामा आफ्नो जिवन समर्पित गर्न र देश बिकासको लागि बुलन्द आवाज उठाउने युवा पुस्तालाई नेतृत्व पङ्क्ति मा प्रेरित गर्न अगामि पार्टीको १४ अौं अधिवेशनमा वडा सभापतिको उमेद्वारी दिने उहाँका निकट साथिहरुले जानकारी गराएका छन् ।

चर्चामा

सम्बन्धित समाचार