बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा अशक्त ८ सयजना लाइ नगद सहयोग, बेरोजगारलाइ ४० दिने रोजगार

बाजुरामा अशक्त ८ सयजना लाइ नगद सहयोग, बेरोजगारलाइ ४० दिने रोजगार

  • बिहिबार, असार २४, २०७८
बाजुरामा अशक्त ८ सयजना लाइ नगद सहयोग, बेरोजगारलाइ ४० दिने रोजगार

बाजुरा– जिल्लाका ५ वटा स्थानिय तहका ८ सय अशक्त तथा असाहय ब्यक्तिलाई नगद आर्थिक सहयोग गरेको छ । प्रति ब्यक्ति २४ हजारका दरले १ करोड ९२ लाख नगद सहयोग गरेको हो । त्यस्तै बेरोजगार २१ सय ६३ जनालाई ४० दिनको काम दिएको छ ।
कोभिड १९ जिविकोपार्जन तथा आर्थिक पुनर्उत्थान परियोजना नगद सहायता -कामका लागि नगद कार्यक्रम अन्तर्गत सहयोग गरेको हो । आर्थिक सहयोग बेलायत सरकार, संयुक्त राष्ट्रसंघीय विश्वखाद्य कार्यक्रम र एकीकृत विकास समाज (आई.डि.एस.) नेपाल द्वारा स्थानीय सरकार सँगको समन्वयमा वितरण गरेको हो ।
कोरोनको बेला खाद्यन्न संकटमा परेका तथा ज्याला मजदुरी गर्न नसक्ने आर्थिक अबस्था कमजोर भएका परिवारलाई नगद सहयोग गरेको एकीकृत विकास समाज (आई.डि.एस.) कार्यक्रम प्रबन्धक तारा बाबु खातीले वताएका छन् ।
गौमुल गाउँपालिका १ सय १७, बुढिनन्दा नगरपालिका २ सय ६० जना, हिमाली गाउँपालिका १ सय २९, स्वामीकार्तिक खापर गाउँपालिका १ सय ६७ र जगन्नाथ गाउँपालिका १ सय २७ जना अशक्तलाइ नगद दिएको हो । स्थानिय तहले ब्यक्ति छनोट गरेर उनिहरुलाई सहयोग गरेको कार्यक्रम प्रबन्धक खातिले वताएका छन् । HIV /AIDS, क्षयरोग, कुपोषण तथा दिर्घ रोगका विरामी, एकल महिला, लैंगिक हिंसामा परेकालाइ नगद सहयोग गरेको एकीकृत विकास समाज परियोजना फिल्ड संयोजक मुुकेश शर्माले वताएका छन् ।
कोरोनाको कहरका बेला जोखिम समुहका परिवार सदस्यहरु रहेका र भौतिक पूर्वाधार निर्माण कार्यमा सहभागी हुन नसक्ने परिवारको आधारभूत आवश्यकता पूर्तिको लागि नगद सहायता गरेको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले वताए । यो सहयोगले जोखिममा परेकालाई ठुलो सहयोग भएको वताए ।
गौमुुल गाउँपालिका २ बिजाली बस्ने ५५ बर्षिय कालि कामि अशक्त तथा एकल महिला हुन् । उनको एउटा छोरी छन्, नगद सहयोग पाउदा संकटका बेला ठुलो सहयोग भएको वताईन् । आफुले २४ हजार पाएको हु, यसले परिवार पाल्न ठुलो सहयो भएको कालीले वताईन् ।
उक्त परियोजना बाजुरामा १५ नोभेम्बर २०२० देखि १५ जुन २०२१ सञ्चालनमा रहेको हो । परियोजनाले अशक्तलाई नगद दिएको थियो भने अन्य बेरोजगार २१ सय ६३ जनालाई ४० दिनको काम दिएको थियो । समुदाय स्तरमा बिभिन्न विकास निर्माण गर्न लगाउने एकदिन काम गरे बाफत ६ का दरले ज्याला दिएको हो ।
एकातिर अशक्त तथा काम गर्न नसक्नेलाइ नगद दिएको थियो, भने अर्को बेरोजगार युवालाइ काम दिएको थियो, यसले गर्दा गाउँको विकास पनि भएको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताए । ५ वटा स्थानिय तहमा ६९ योजना निर्माण भएका छन् । स्थानिय सरकारको आबश्यकता तथा छनोटका आधारमा योजनाहरु छनोट गरेर काम गरेको थियो । बाजुरामा कोभिड १९ जिविकोपार्जन तथा आर्थिक पुनर्उत्थान परियोजना नगद सहायता -कामका लागि नगद कार्यक्रमले ९ करोड ४१ लाख ७६ हजार ११ रुपैया खर्च गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार