बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • सदरमुकाम चैन्पुरमा रहेको एनआईसी एटिएम मेसिनले किन गर्दैन् काम

सदरमुकाम चैन्पुरमा रहेको एनआईसी एटिएम मेसिनले किन गर्दैन् काम

  • बिहिबार, असार १७, २०७८
सदरमुकाम चैन्पुरमा रहेको एनआईसी एटिएम मेसिनले किन गर्दैन् काम

अर्थ जङ्ग शाही/बझाङ्ग — एन आईसी एसिया बैकको एटिमले काम नगर्दा सेवाग्राही मर्कामा परेका छन् । जिल्ला सदरमुकाम चैनपुरमा रहेको एन आई सी एसिया बैंकको एटिएमले काम नगर्दा सेवाग्राही समस्यामा परेका हुन् ।

आज मात्र म एन आईसी एसिया बैकमा पाँच चोटी पुगेर हेर्दा पनि एटिएमले कुनै काम नगरेको स्थानियबाँसी प्रकास बुढाले बडिमालिका खबर लाई बताएका छन्।

स्थानियबाँसी प्रकास बुढाले बैकका स्टाफहरुलाई एटिएम मेसिनले काम किन गरेन भनेर सोध्दा खेरी `साँझ मात्र एटिएम मेसिनले काम गर्ने बैकका कर्मचारीले बताउनु भएको छ।

कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण बैंक बन्द हुँदा बैंकिङ्ग सुविधाबाट बन्चित भइरहेका बेला बैकल्पिक माध्यम एटिएमले पनि काम नगर्दा सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

सदमुरकाममा रहेका अधिकांश बैंकका एटिमले काम नगरेको सेवाग्राहीको गुनासो छ । बैंकलाई पटक पटक जानकारी गराउँदा समेत सेवामा कुनै सुधार नभएको सेवाग्राही बताउँछन् ।

पछिलो समयमा सदरमुकाम चैनपुरमा रहेका दर्जनौ बैकका एटिएम मेसिनले काम नगर्दा दिनहु ग्रामीण भेगबाट आएका उपभोक्ताहरुले सास्ती भोग्नु पर्ने बाध्यता छ ।

अहिले यो कोरोनाको समयमा बैकहरु बन्द भएता पनि एटिएम सुबिधा पाउनु पर्ने ठाउँमा उल्टै एटिएमले धोका दिएको स्थानियबासी रुपक खड्काले बताए । २४ धण्टा सुचारु हुने एटिएम अहिले सदरमुकाम चैनपुरमा साँझ ७ बजे नै बन्द हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार