शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • मुक्त हलिया तथा समस्या परेका १ सय ३७ परिवारलाई खाद्यन्न सहयोग

मुक्त हलिया तथा समस्या परेका १ सय ३७ परिवारलाई खाद्यन्न सहयोग

  • सोमवार, असार १४, २०७८
मुक्त हलिया तथा समस्या परेका १ सय ३७ परिवारलाई खाद्यन्न सहयोग

बाजुरा–बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका ५ का १ सय ३७ परिवारलाई खाद्यन्न सहयोग गरेको छ । कोरानाको कहरले खाद्यन्न संकट परेका मुक्त हलिया तथा समस्या परेका परिवारलाई सहयोग गरेको पास्टर प्रमोद नेपालले वताए ।
परमेश्वरको अनुुग्रहको मण्डली बाजुराको सहयोगमा समस्यामा परेको परिवारलाई सहयोग गरेको गाउँपालिकाले जनाएको छ । चामल, दाल र तेल सहयोग गरेको पास्टर प्रमोद नेपालले वताए । वडा सँगको सहकार्यमा समस्या परेका परिवारलाई सहयोग गरेको उनले वताएका छन् ।
खाद्यन्न सहित गाउँमै पुुगेर सहयोग गरेपछि स्थानिय खुशी भएका छन् । केही दिन भएपनि छाक टार्न सहज भएको उनिहरुले वताएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका नेपालको सबै भन्दा गरिब गाउँपालिका हो । अझ गाउँपालिकामा रहेका दलिय समुदाय खाद्य संकटको चरमा मारमा परेका छन् । परमेश्वरको अनुुग्रहको मण्डली बाजुराले समस्या परेका ठाँउमा सहयोग गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार