मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • अस्ताए बिकट बाजुराका जनयुद्ध कमाण्डर राजन बुढथापा

अस्ताए बिकट बाजुराका जनयुद्ध कमाण्डर राजन बुढथापा

  • शनिबार, असार १२, २०७८
अस्ताए बिकट बाजुराका जनयुद्ध कमाण्डर राजन बुढथापा

लक्ष्मीराज पाध्याय — बाजुराको बिकट जिल्ला हिमाली गाउँपालिकामा जन्मेका तत्कालिन जनयुद्धका बटालिएन कमाण्डर राजन बुढथापाको मृत्यु भएको छ । उनको यही असार ११ गते कोराना भाइरस संक्रमणबाट नेपालगंजमा मृत्यु भएको हो । हिमाली गाउँपालिका ५ रुगिनमा बुवा गोर्खे बुढथापा र आमा रन्ना बुढथापाका एक्ला सन्तान जंगलाल बुढथापा (राजन) हुन । राजनका १ छोरी १ छाेरा र  श्रीमती छन ।
उनले जनयुद्ध कालमा नेकपा माओबादी पाटीको नाम (राजन) राखेका थिए । मिति २०४४ साल श्रावण ५ गते बिहिवार जिल्लाको दुर्गम रुगिन गाउँमा जन्म भएको थियो । रुगिनको वागेश्वरी मा.विमा कक्षा ८ मा अध्ययन गर्दा गर्दै २०५७ साल भदौ १५ गतेका दिन माओवादी पार्टीमा उनले प्रबेश गरेर पुर्णकालीन भुमिगत भएका थिए । २०५८ साल १ महिना ५ गते जनमुक्ति सेनाका बटालिएन कमाण्डर समेत भएका राजनको मृत्युले हिमाली गाउँपालिका शोकमा रहेको स्थानीय छप्कीलाल बुढाले बताए । २०५९ देखि २०६२ सालमा सदबरिया सेकेण्ड बटालियन “बि” कमिसर दुई कम्पनीका सेना कमाण्डर समेत भइसकेका थिए ।
२०६३ साल पछि पुष्पकमल दाहल प्रचण्डका सेक्युरिटी गार्ड समेत भएका थिए । त्यस पछि शान्ति वाहाली भैसके पछि सेना प्रमाणी करणबाट पाइने सेवा सुविधा लिएर घरमा आए । एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रपछि पार्टी भित्रको संगठनमा हुदै जिल्लाको बरिष्ठ सदस्यमा कार्यंरत थिए ।
२०७६ माघ ३ गते पछि नेकपा मा‍अोबादी केन्द्रको पाटी एकता पछि पनि जिल्ला कमीटी सदस्यमा कार्यरत थिए र २०७७ फागुन २३ गते पछि पाटी बिभाजन भैसके पछि नेकपा एमालेमा प्रवेश भएर जिल्ला कमिटीमै कायम थिए । राजन पार्टिको कार्यक्रता नेता मात्रै थिएन उनि गाउँको एक समाज सेवीको रुपमा पनि परिचित थिए । उनको गाउँपालिकामा धेरै योगदान र बलिदान समेत रहेको देबीलाल बुढथापाले बताए । उनको समाज सेवा गरिवी दुखी प्रति असाध्यै सेवा गर्ने भावना साच्चीकै दुर्गम गाउँका एक भगवन जस्तै लाग्ने गरेको स्थानीयहरु बताउने गर्थे ।
गाउँमा कुनै झगडा हुदा मर्दा वा बर्दा सामाजिक काममा अगाडी हुने गरेका उनक छिमेकीहरुले बताएका छन । उनले  हिमाली गाउँपालिका किउडीका बाढिपिडीतहरुलाई रु २ लाख आफ्नै खल्तिको पैसा सहयोग गरेका थिए । सो पैशा आफै गाउँमा गएर गरिब किसानलाई बाँडी दिएको स्थानीयले बताए किउडीका दलित बस्तीलाई १ आधुनिक घट्ट समेत लगाई सहयोग गरेका थिए ।
किउडी बासीलाई ठुलो सहयोग र रुगिन गाउँमा पनि समस्या परेका सबैकाे उद्धार गर्ने काम गरेका उनको मृत्युले गाउँ नै शोकमा रहेको स्थानीयले बताएका छन । उनले २ पटक आफ्नै पैसा लगाएर रुगिनमा हेलिकप्टर अबतरण गरी १ सुत्केरी महिला र एक जना बिरामीको उद्धार समेत गरेका थिए । हिमालीका लागि ठुलो क्षेती ब्यहोरेको नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य छप्कीलाल बुढाले बताए । असार ११ गते गाउँका लागि एक कालो दिन बनेकाे उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार