सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • समाज
  • मृतक खत्रीका छाेराकाे पालन पाेषणमा,गाउँपालिका अध्यक्षले गरे ३० हजार सहयोग

मृतक खत्रीका छाेराकाे पालन पाेषणमा,गाउँपालिका अध्यक्षले गरे ३० हजार सहयोग

  • शुक्रबार, असार ११, २०७८
मृतक खत्रीका छाेराकाे पालन पाेषणमा,गाउँपालिका अध्यक्षले गरे ३० हजार सहयोग
मृत्तक खत्रीका छाेरा

अर्थ जङ्ग शाही / बझाङ्ग — खप्तड छान्ना गाउँपालिका–४ खत्री गाउँका ३५ वर्षीय मृतक डम्बर बहादुर खत्रीका परिवारलाई सो गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले आर्थिक सहयोग गरेका छन्। गत जेठ २६ गते गाउ नजिकैकाे जङ्गलमा मृतक भेटिएका खत्रीका परिवारलाई राहत स्वरुप ३० हजार आर्थिक सहयोग गरेका छन्।

मृतक को छोरा अहिले नौ बर्ष मात्र पुगेको हुदाँ मृतक कि धर्मपत्नीले आफ्नो छोरा आयुष खत्रीको नाममा प्राईम कमरसियल बैकमा खाता सँचालन गरी सहयोगको अपिल गरेकी छिन्। खातामा जम्मा भएको रकम आफ्नो छोरालाई १८ बर्ष पुगेपछि उच्च शिक्षा अध्यनका लागी प्रयोग गर्ने बताएकि छिन्।

राहतस्वरुप रकम पाएपछि मृतकको परिवारले खुशी व्यक्त गरेको थियो । मृतककी श्रीमती शारदा खत्रीले भनिन्, “हाम्रो परिवारमा यत्रो ठूलो बज्रपात आइपर्‍यो, यस्तो बेलामा गाउँपालिका अध्यक्षले साथ दिँदा मन केही हलुङ्गो भयो । याे अभियानको सुरुवात पुष्प राज रोकायाले सुरु  गरेका हुन् । हिजाे मात्र सहयाेग काेसमा  ९९ हजार १ सय ८५ रुपैया जम्मा भएकाे जानकारी परिवारले रकम स‌कलनका अभियान्ता रोकायाले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार