शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा सूर्या लाइफ इन्स्योरेन्सको अर्को झुटः कम्पनीकै कर्मचारीले पैसा लिएको पुष्टि

धनगढीमा सूर्या लाइफ इन्स्योरेन्सको अर्को झुटः कम्पनीकै कर्मचारीले पैसा लिएको पुष्टि

  • मङ्लबार, असार ८, २०७८
धनगढीमा सूर्या लाइफ इन्स्योरेन्सको अर्को झुटः कम्पनीकै कर्मचारीले पैसा लिएको पुष्टि

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सुदूरपश्चिम शाखाले सेवाग्राहीले बीमा गर्न दिएको पैसा नलिएको जिकिर गरेपनि कम्पनीकै कर्मचारीले पैसा बुझेको पाइएको छ।

कैलालीको कैलारी गाउँपालिका–९ का २८ वर्षीय विजय चौधरी र कैलारी गाउँपालिका ६ का ३४ वर्षीय सन्दिप चौधरीले बीमा गर्न दिएको रकम कम्पनीकै कर्मचारीले बुझेको पुष्टि भएको छ।

पीडित विजय र सन्दिपले बीमा गर्न कम्पनीलाई केही नगद र केही चेक गरी २ लाख ३९ हजार रुपैँया बुझाएका छन्। जसमध्ये पीडित विजय चौधरीले कृषि विकास बैंकको ९४ हजार रुपैँयाको चेक कम्पनीको धनगढी शाखामा कार्यरत कर्मचारी रामदयाल चौधरीको नाममा काटेको पाइएको छ। पीडित विजय चौधरीका अनुसार ९४ हजार रुपैँयाको चेक कम्पनीका कर्मचारी रामदयाल चौधरीको नाममा काटेको, ४५ हजार रुपैँया एटीएममार्फत कोड नं. ५०२१८२८ भएका अभिकर्ता विजय चौधरीलाई दिएको र अर्का पीडित सन्दिप चौधरीले नगद १ लाख रुपैँया गरी २ लाख ३९ हजार दिएका हुन्।

यसरी बीमा गर्न दिएको रकम हिनामिनामा कार्यालयको कर्मचारी रामदयाल चौधरी मात्रै होइन, अर्का कर्मचारी विरेन्द्र चौधरीको पनि प्रत्यक्ष संलग्नता रहेको पुष्टि भएको छ। जसको पुष्टि कम्पनीले दर्ता नै गरेको निवेदनबाट हुन आउँछ।
माघ १४ गते २ लाख ३९ हजार बुझाए पनि उक्त रकमको बीमा पोलिसी पीडितले खोजी गर्दा माघ २५ गते अभिकर्ता राजेश चौधरीले कम्पनीका कर्मचारी विरेन्द्र चौधरीलाई दिएको र निज विरेन्द्र चौधरीले पोलिसी जारी हुने प्रक्रियामा रहेको बताएको ब्याहोरा समेटेर पीडितहरुले कम्पनीमा बुझाएको पत्र र सो कम्पनीले चैत्र ९ गते दर्ता गरेको सो पत्रमा उल्लेख छ।

पत्र अनुसार पीडितहरुले लामो समयसम्म बीमा नभएपछि उनीहरुले नयाँ पोलिसी रद्द गर्न माग गरेका थिए। नयाँ पोलिसी रद्द गर्न माग गरेपनि उनीहरुले हालसम्म पैसा नपाएका हुन्।

अभिकर्ताको टाउको दोष थुपारेर पन्छिन खोजिँदै तर कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयले कम्पनीहरुको कुनै संलग्नता रहेको दाबी गर्दै आएको छ। पीडित विजय चौधरीमार्फत कम्पनीका कर्मचारी रामदयाल चौधरीले कृषि विकास बैंकको चेक बुझेको र कार्यालयमा दर्ता भएको पत्रमा उल्लेख भएअनुसार कर्मचारी विरेन्द्र चौधरीको पनि प्रत्यक्ष संलग्नता हुँदाहुँदै पनि कम्पनीको क्षेत्रीय कार्यालय चोखिन खोजेको हो।

धनगढीमा सूर्या लाइफ इन्स्योरेन्सको ठगीधन्दा भनेर दिनेशखबरमा समाचार प्रकाशित भएपछि कम्पनीका सुदूरपश्चिम प्रदेश प्रबन्धक जगदिश भट्टले असार ७ गते प्रेस नोट जारी गरेका छन्। सो प्रेस नोटमा कम्पनीका अभिकर्ता विजय चौधरी (पीडित), सन्दिप चौधरी (पीडित), कोड नं. ५०२१८२८ भएका विजय चौधरी र राजेश चौधरीको आपसीको अपसी लेनदेन भएको भन्दै पन्छिन खोजेको देखिन्छ। जबकी कम्पनी अभिकर्ता भनेर प्रेस नोट जारी गरिरहँदा पीडित विजय चौधरी र सन्दिप चौधरीले बीमा व्यवसाय गर्नको लागि हालसम्म कम्पनीबाट अभिकर्ता प्रमाणपत्र समेत नपाएको बताएका छन्।

पैसा बुझाएपनि पोेलिसी नआएपछि र पछि पैसा समेत फिर्ता पाएपछि पीडितहरु र कम्पनीका प्रदेश कार्यालयका प्रबन्धक जगदिश भट्ट र धनगढी प्रबन्धक नरेश भट्टसहित अभिकर्ताहरुबीच पटक–पटक छलफल समेत भएको छ। छलफलपछि एक जनाको पैसा भोलि फिर्ता गर्ने र अर्का एक जनालाई एक हप्ताभित्र फिर्ता गर्ने र उजुरी दर्ता गर्ने सहमति भएको अभिकर्ता समेत रहेका पीडितहरुले बताएका छन्। तर हालसम्म नत बीमा भएको छ, नत पैसा नै फिर्ता भएको गुनासो उनीहरुको छ।
प्रदेश प्रबन्धकको उपस्थितिमा छलफलपछि पैसा फिर्ता गर्ने सहमति हुनु तर हालसम्म फिर्ता नहुनुले अप्रत्यक्ष रुपमा प्रदेश प्रबन्धकको नै संलग्नता रहको पीडित तथा अभिकर्ताहरुको आरोप छ।

कोड नं. ५०२१८२८ भएका अभिकर्ता विजय चौधरीले रकम हिनामिनाको विषय जोड्डार रुपमा उठ्न थालेपछि तथ्यतथ्य छानविनको लागि कम्पनीको केन्द्रीय कार्यालयमा असार २ गते निवेदन दिएका छन्। सो पत्रमा उनले प्रदेश प्रबन्धक भट्टले नै बीमा गर्नको लागि आएको रकम अबचलन गरेको उल्लेख गरेका छन्।

दिनेशखबरमा समाचार प्रकाशन भएपछि त्यसको भोलिपल्ट असार ७ गते कम्पनीका प्रदेश प्रबन्धक र धनगढी प्रबन्धक र केही अभिकर्ताहरु अत्तलिएर एकाविहानै पीडित विजय चौधरीको घरमा फकाउँन पुगेको बताइएको छ।

पीडित जिजय चौधरीले भने, “उहाँहरु एकाबिहानै मेरो कोठामा आउनुभयो। उहाँले मलाई फकाउने प्रयत्नमा थिए, ‘हामी अहिले नै तपाईको पैसाको साँवा र ब्याजसहित फिर्ता गर्न तयार छौ। तर मिडियामा आएको समाचार खण्डन गरि बोलिदिनुपर्यो’ भनिरहेका थिए। तर मैलै यसरी एक्लै लिन्न र दोषिलाई कारवाही हुनुपर्छ भन्ने अडानमा बसेको हुँ।” यसैबीच प्रदेश प्रबन्धक भ्टटलाई जोगाउन कम्पनीका अभिकर्ता राजेश चौधरीले भएभरका दोषहरु आफूमाथि लिने गरेको पाइएको छ।

उनले आफूले पीडितहरुको पैसा राखेको र दिनेशखबरमा समाचार प्रकाशत पूर्व फिर्ता गरिसकेको झूठो प्रतिक्रिया दिएका थिए। तर पीडितको हातमा पैसा नपुगेको छ्रैन। हाल कम्पनीका कर्मचारीहरु पैसा फिर्ता गर्नु तथा गराउनु त परै जाओस् कम्पनीको कुनै संलग्नता नै नरहेको भन्दै प्रेस नोट जारी गरेको छ।

चर्चामा

सम्बन्धित समाचार