शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रवास
  • एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको द्वितीय उपाध्यक्षमा चलाउनेको उम्मेद्बारी

एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको द्वितीय उपाध्यक्षमा चलाउनेको उम्मेद्बारी

  • शनिबार, असार ५, २०७८
एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको द्वितीय उपाध्यक्षमा चलाउनेको उम्मेद्बारी

महेश कार्की कतार — एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको २०२१-२०२३ कार्यकालको लागी द्वितीय उपाध्यक्षमा प्रेम चलाउनेले उम्मेदवारी दर्ता गरेका छन । गैर आवासीय नेपाली संघ, एनआरएन कतारको नयाँ नेतृत्व छनोटको प्रक्रिया आरम्भ भएसँगै कतारस्थित गैरआवासिय नेपालीहरुको साझा संगठनको चुनावी मैदानमा द्वितीय उपाध्यक्षको लागी चलाउने मैदानमा होमिएका हुन ।

गैरआवासिय नेपाली संघ एनआरएनए कतारमार्फत निःस्वार्थ भावका साथ सामाजिक सेवामा अनवरत रुपमा खटिदै आएका चलाउनेले नेपाली समुदायको उत्थान र कल्याणका निम्ती द्वितीय उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

एनआरएन सबै नेपालीको साझा संस्था बन्न सकोस् भन्ने सोच बोकेर आफु यस अभियानमा अगाडी बढेको ले बताए । लामो समय कतार लाई क्रमथलो बनाउदै आएका चलाउने सुदुर पश्चिम सेवा समाज कतारको अध्यक्ष समेत रहेका छ्न ।

विगतमा मातृभुमि नेपालमा बसिरहेका दाजुभाई दिदि वहिनीहरुलाइ परेको भुकम्प, बाढि, पहिरो जस्ता दु:खको घडिमा सहयोगको हात फैलाउने काम गर्दै बिभिन अभियानको नेतृत्व समेत गरेका चलाउने अहिले विश्व भरी फैलिएको कोरना महामारीको संकटसँग जुध्न विश्वभर छरिएर रहेका नेपाली समुदाय एकजुट हुनुपर्ने धारणा राख्दै सहयोगको हात फैलाउन अनुरोध समेत गरेका छ्न । उम्मेदवारी घोषणा गरेसँगै चलाउनेले आफुले द्वितीय उपाध्यक्ष उम्मेद्वारी दिएकाले भोट दिएर निर्वाचित गराई सहयोग गर्न र विश्वभर छरिएर रहेका तथा विभिन्न तहमा रहेर काम गर्दै आएका गैर आवासीय नेपालीहरुलाई साथ दिन अनुरोध एवं अपिल गरेका छन । गैरआवासीय नेपाली संघको सुदुर पश्चिम् संयोजक समेत रहेका चलाउने कुशल समाजसेवीको रुपमा कतारमा चिनिन्छन ।

चर्चामा

सम्बन्धित समाचार