बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रवास
  • साईप्रस नेपाली एकता समाजद्धारा आर्थिक सहयोग गरी

साईप्रस नेपाली एकता समाजद्धारा आर्थिक सहयोग गरी

  • शुक्रबार, असार ४, २०७८
साईप्रस नेपाली एकता समाजद्धारा आर्थिक सहयोग गरी

कोरोना भाईरस (कोभिड –१९) को नियन्त्रण, प्रभाव न्यूनीकरण र राहत कार्यमा सहयोग पुर्याउन साईप्रस नेपाली एकता समाजले राहत साम्रगीहरू संकलन गरी सहयाेग गरेकाे छ । खासगरी अत्यावश्यक स्वास्थ्य सामग्रीको आपुर्तिमा सहयोग पुर्याउन सरोकार वालालाई आर्थिक सहयोग गर्न साईप्रस नेपाली एकता समाजका सदस्यहरु बिच छलफल पछी आर्थिक सहयोग संकलन गरीएकाे जनाएकाे छ ।  साईप्रस नेपाली एकता समाजकाे आह्वानपछि काेभिड १९ कारण समस्यामा परेका नागरिकलाइ सहयाेग गरेकाे साइप्रसबाट रामु कुवरले जानकारी दिएका छन ।

साईप्रस नेपाली एकता समाजले एक बिज्ञप्ती जारी गर्दै यस्ताे भनेकाे छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वव्यापी रूपमा फैलिरहेको र यसले नेपाली जनजीवनमा पारेको गम्भीर असरप्रति सिंगो मानव जातिलाई गम्भीर चिन्तित र भयभित बनाएको छ । संक्रमणलाई विश्वका विभिन्न देशका सरकारहरुले आ–आफ्ना कदम चाल्ने दौरानमा ‘लकडाउन’ लगायत विभिन्न उपायहरु खोजिरहेका छन् । सरकारले चालेका कदम र सोको पालना गर्दै घरमै बसिरहेका आम सर्वसाधारणहरुमा धैर्यताको हाम्रो संगठन साईप्रस नेपाली एकता समाज प्रशंसा गर्दछ ।
नेपालमा कोरोना भाईरस महामारीको दोस्रो लहर चलिरहेको छ । यस्तो विक्राल संकटको स्थितिबाट मुलुक र नागरिकलाई जोगाउन २४औं घण्टा कर्मभूमिमा क्रियाशिल सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीप्रति उच्च सम्मान व्यक्त गर्दछौँ।
लकडाउनको अवधि पनि अनिश्चित बन्दै जा“दा दैनिक उपभोग्य सामग्रीको उत्पादन र आपुर्तिको व्यवस्थापन जटिल बन्दै गएको छ । लकडाउनको स्थितिबाट दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने, बिपन्न, भूमिहीन, गरिब र कमजोर परिवार नराम्ररी प्रभावित भएका छन् । तसर्थ, यस्ता कमजोर र विपन्न परिवारहरुको जीवन रक्षाका लागि बिशेष राहत प्याकेजको घोषणा गर्न सरकार र सरोकारवालाहरु सबैमा हार्दिक अपिल गर्दछौं । त्यसका साथै कोरोना भाईरस (कोभिड– १९) को संक्रमणलाई रोक्न सरकारले जारी गरेका निर्देशनको पालना गर्न, घरभित्रै रहन, हल्लाको पछि नलागि धैर्य रहन तथा आफु र आफ्नो परिवारको मानसिक स्वास्थ्य समेतको ख्याल गर्न पुनः सम्पूर्ण सर्वसाधरणमा आग्रह गर्दछौं ।
कोरोना भाईरस (कोभिड –१९) को नियन्त्रण, प्रभाव न्यूनीकरण र राहत कार्यमा सहयोग पुर्याउन खासगरी अत्यावश्यक स्वास्थ्य सामग्रीको आपुर्तिमा सहयोग पुर्याउन सरोकार वालालाई आर्थिक सहयोग गर्न साईप्रस नेपाली एकता समाजका सदस्यहरु बिच छलफल पछी आर्थिक सहयोग संकलन गर्न साईप्रस नेपाली एकता समाजले आह्वान गरेको थियो । उपरोक्त सहकार्य गर्न राष्ट्रिय आविष्कार केन्द्र “ल्बतष्यलब िक्ष्ललयखबतष्यल ऋभलतभच” का चेयरमैन डा. महावीर पुन ज्यूस“ग हाम्रो संगठनले छलफल गरेको थियो । सो छलफल पछी हामीले सहयोग रकम संकलन गर्न भौतिक सहयोग पुर्याउने निर्णय गरेका थियौं । उक्त निर्णयलाई तदारुकताका साथ कार्यन्वयनमा ल्याउन महासचिव मञ्जु लिम्बु, कोषाध्यक्ष बिन्दु खड्का, उपाध्यक्ष कविता गोले, सचिव जिवराज पोख्रेल, सदस्य गिरा नेपाली थापा, देवकी थापा मगर लगाएतका साथीहरुले भौतिक, नैतिक एवं आर्थिक सहयोग गर्नु भएको छ । वहा“हरु लगायत सम्पूर्ण साथीहरुलाई धेरै–धेरै धन्यवाद ज्ञापन गर्दछौं ।
सहयोगीहरुको नामावली निम्न प्रकार रहेको छ ।
१ राम कुवर २० युरो
२. चन्द्र बहादुर ओली २१ युरो
३. मिना लिम्बु १० युरो
४. अन्जु लिम्बु १० युरो
५. मञ्जु लिम्बु १० युरो
६. तारा मस्किल ५ युरो
७. छेवाङ त्रिपाठी १० युरो
८. माया थापा मगर १० युरो
९. डगेन्द्र लिम्बु १० युरो
१०. रन्जिता गुरुङ १० युरो
११. बबिता लिम्बु १५ युरो
१२. देवेन थापा ५० युरो
१३. मुना मगर २० युरो
१४. नमराज केसी २० युरो
१५. इश्वरबहादुर घर्ती ५० युरो
१६. गिरी नेपाली थापा २० युरो
१७. संझना साधना १० युरो
१८. अमृता परियार १० युरो
१९. ज्योती गुरुङ १० युरो
२०. कल्पना रोका १५ युरो
२१. गंगा मगर १५ युरो
२२. इस्मृती घले १५ युरो
२३. कविता सिमरन १५ युरो
२४. डोल्मा तामाङ २० युरो
२५. अम्बीका अधिकारी २० युरो
२६. देवकि थापा मगर २१ युरो
२७. संझना ओली १० युरो
२८. सिमा सुब्बा १० युरो
२९. विन्दु खड्का २० युरो
३०. नर्दा कार्की १० युरो
३१. विना मानन्धर २५ युरो
३२. यामी मगर ६० युरो
३३. अनु घिसिङ ११ युरो
३४. खिमान थापा ५० युरो
३५. बुद्धिमान तामाङ २० युरो
३६. किल्ली सुनुवार २० युरो
३७. नानु गुरुङ २० युरो
३८. अमृता राई १० युरो
३९. तारा कार्की १० युरो
४०. कबिता गोले १० युरो
४१. नुमा लिम्बु ०५ युरो
४२. गणेश थापा ०५ युरो
४३. रञ्जिता पोखरेल ०५ युरो
४४. पुष्पा लिम्बु ०५ युरो
४५. सबिता लिम्बु ०५ युरो
४६. एन्जल लिम्बु ०५ युरो
४७. सुमन लिम्बु ०५ युरो
४८. रन्जोत सिंह २० युरो
४९. धनकुमारी गुरुङ २० युरो
५०. याङजी लामा १० युरो
५१. राधिका कार्की १५ युरो
कुल जम्मा रकम ८३३ युरो
साईप्र नेपाली एकता समाजबाट ४०० युरो
जम्मा १२३३ युरो । उक्त सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रको हिमालय बैंक खाता नम्बर 01906322060017, Swft code HIMANPKA मा पठाएको छ।यो महत्वपूर्ण सहयोगमा खटिनु हुने र सहयोग गर्नु हुने सम्पूर्णप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौं ।
न्यानो अभिवादन सहित

…………………..
देवेन थापा
(अध्यक्ष)

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार