मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा लकडाउन खुकुलो बनाउने जिल्ला प्रशासनको निर्णय

बाजुरामा लकडाउन खुकुलो बनाउने जिल्ला प्रशासनको निर्णय

  • सोमवार, जेष्ठ ३१, २०७८
बाजुरामा लकडाउन खुकुलो बनाउने जिल्ला प्रशासनको निर्णय

बाजुरा — बाजुरा जिल्लामा पछिल्लो समय कोरोना संक्रमिकतको संख्या न्युन हुदै गएकोले जिल्लामा लकडाउन खुकुलो पार्दै जाने निणर्य गरिएको छ । असार ७ गते सम्म लकडाउनको अबधी लम्बिएको भए पनि लकडाउनलाई केही हतसम्म खुकुलो बनाउने निणर्य गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकको निणर्य अनुसार गत वैशाख २२ गतेदेखि जारी निषेधाज्ञा जिल्लामा चौथो पटक थप गरिएको र यस पटक थप गरिएको लकडाउनको पक्रिया भने फरक पारेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन ।
जारी निषेधाज्ञाको समय थप भएपनि केही अत्यावश्यक सामग्रीको बिक्री, तरकारी, खाद्यान्न लगायतका पसलहरु विहान १० वजेसम्म खुल्दै आएकोमा एक घण्टा थप गरी १२ बजेसम्म खोलिने बताएका छन ।
त्यसै गरी बैंक तथा वित्तिय संस्था खुला रहने भएका छन् । अत्यावश्यक सेवाका कार्यालय र सवारी साधनहरु संचालन हुनेछन् । होटल तथा मदिरा पशल र शैलुन बाहेक अन्य पशलहरु बिहान ६ बजेदखी दिउसो १२ बजे सम्म खुला रहने बताईएको छ । जिल्ला भित्र दुई पाग्रे सवारी साधान संचालन हुन दिने तर अनिबार्य मास्कको प्रयोग गरेर मात्रै सवारी साधान चलाउने पाउने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । संक्रमितको सख्या बढ्दै गएमा सम्बन्धीत स्थानीय तह वा वडा कार्यालयले निषेधाज्ञा लागु गर्न सक्ने बताएको छ । खाध्य ब्यापार तथा बिक्री केन्द्र असार १ गते देखी लागु हुने गरी बिहान १० बजेखी दिउसो २ बजेसम्म खुलाउने निणर्य गरिएको जनाएको छ ।
शैक्षिक सत्र सुरुवात भएकाले पाठ्यपुस्तक विक्रीमा सहजीकरणका लागि पुस्तक पसलहरु समेत विहान १२ ः०० बजेसम्म खुल्ने भएका छन् ।
बाजुरामा सात सय ८९ जना कोरोनाका सक्रिय सङ्क्रमितहरु आइसोलेशनमा रहेका छन् । तीमध्ये दश जनाको मृत्यु भइसकेको छ । पछिल्लो समयमा संक्रमितको संख्या भन्दा निको हुनेको संख्या वृद्धि हुदै गएको छ ।

प्रमुख जिल्ला अधिकारीले केही सीमित क्षेत्र खुकुलो बनाउँदै असार ७ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको बताएका छन । कोरोनाको जोखिम कायमै रहेकाले सोमवार सम्म जारी निषेधाज्ञालाई थप गरी असार ७ गतेसम्म पुर्‍याइएको छ ।

चर्चामा

सम्बन्धित समाचार