शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • रोपाईको रौनकमा रमाउँदै युटुवर सोनिका रोकाया

रोपाईको रौनकमा रमाउँदै युटुवर सोनिका रोकाया

  • आइतवार, जेष्ठ ३०, २०७८
रोपाईको रौनकमा रमाउँदै युटुवर सोनिका रोकाया

अर्थ जङ्ग शाही/ बझाङ्ग — देश अहिले कोरोना भाईरस (कोभिड–१९)का कारण बन्दाबन्दीको अवस्थामा छ । शहरबजार सुनसान भएपनी गाउँघरमा चहलपहल उस्तै छ । खेतीपातीको समय भएकाले पनी गाउँघरमा चहलपहल बढेको छ । हिउँदे खेती भित्रयाएका किसानहरु अहिले रोपाई गर्न व्यस्त छन् । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती नै हो भन्दा फरक पर्दैन । उसो त ७५ प्रतिशत नेपाली कृषि पेशा आश्रित छन् ।

प्राय सोनिका रोकाया घर भन्दा बाहिर बसेपनि यति खेर कोराना भाईरस (कोभिड १९) ले गर्दा काठमाडौँ छोडेर आफ्नै जन्मथलो बझाङ्गको खप्तड छान्ना गाउपालिकामा रमाईरहेकि छिन्। कहिले डाँडाकाँडा त कहिलै खोलाको किनारामा रमाउने रोकाया यतिबेला आफ्नै गाउँका मान्छेहरुसँग खेतबारीमा रोपाईको रौनकमा रमाइरहेकी छिन्।

जेठको दोस्रो साता देखी नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाइँ गरिरहेका छन् । कोरोनाको सङ्क्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयवासीले विभिन्न गीत गाउँदै र एक आपसमा हिलो छ्याप्दै रोप्दा आफूलाई निकै रमाईलोको अनुभुति भएपछि आफू पनि खेतमा हिलोसँग खेल्न र रमाईलो गर्न खेतमा गएको युटुवर सोनिका रोकायाले बताईन्। साँथै आफूसँग आफ्नो नाता पर्ने भदै ऐन्जल रोकायाले पनि रमाईलो गरेको बताएकी छिन्।

रोकायाले आफ्नो लकडाउन गाउँ घरमा रमाईलै तरिकाले बितिरहेको पनि बताएकी छिन्।

चर्चामा

सम्बन्धित समाचार