शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले शुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा गृहमन्त्रीकाे चर्चामा

नेकपा एमाले शुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा गृहमन्त्रीकाे चर्चामा

  • मङ्लबार, जेष्ठ २५, २०७८
नेकपा एमाले शुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा गृहमन्त्रीकाे चर्चामा

बाजुरा–नेकपा एमाले शुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापाको नाम गृहमन्त्रिको चर्चामा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति बाँकि रहेको छ ।
६ मन्त्रालय मध्ये गृह मन्त्रीमा बाजुरा घर भएका नेकपा एमालेका प्रभाबशाली नेता कर्ण थापाको चर्चा सँगै केही नेता तथा कार्यक्रताले थापालाई बनाउनुपर्ने बताउदै आएका छन् । थापा शुरु देखी नै ओली पक्षधरका रुपमा चिनिदै आएका छन् । नेता थापाले बडिमालिका खबर सँग भने आफ्नो कुनै पनि मन्त्रालयमा दाबि नरहेको पाटिले भने अनुसार अघि बढने वताएका छन् ।
आफुले प्रधानमन्त्रि तथा एमाले अध्यक्ष केपी ओलीलाई गृहमन्त्रीको लागि दाबि नगरेको वताएका छन् । तर धेरै नेता तथा कार्यक्रताले थापालाई गृहमन्त्रि बनाउनु पर्ने वताइरहेका छन् । शुुदुरपश्चिममा भिम रावल सँग प्रतिश्पर्धा गर्न सक्ने र नेकपा एमाले ओलीका बलिया नेता रुपमा थापा रहेकाले उनलाई बनाउनु पर्ने एक समुहको रहेको छ । थापा पाटि भित्र इमान्दार बफादार नेताका रुपमा परिचित हुदै आएका छन् ।
बाजुरामा नेकपा एमाले स्थापित गर्नमा उनले ठुलो योगदान गरेका थिए । अहिले पनि नेकपा एमालेको राष्ट्रिय राजनितिको मुलधारमा रहेका छन् । काठमाडौमा रहेका राष्ट्रिय मिडियाले पनि कणर् थापाको नाम गृहमन्त्रिको चर्चामा रहेको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले गृह मन्त्रालयमा चुनाव गराउन सक्ने भरपर्दो पात्रको खोजी गरेका छन् । यसक्रममा महेश बस्नेतको नाम चर्चामा आए पनि प्रहरी संगठनले उनलाई नरुचाएपछि ओलीले विकल्प खोजीरहेका छन् । तथापि बस्नेतले भने पार्टीलाई सफल बनाउनका लागि आफूले. गृहमन्त्री पाउनुपर्ने प्रधानमन्त्री ओलीसँग माग गरेका छन् । पछिल्लो समयमा थापाको पनि पाटिमा ठुलो योगदान रहेको भन्दै गृहमन्त्रिको नाम चर्चामा आएको हो ।

चर्चामा

सम्बन्धित समाचार