शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फिचर
  • फेरिएन यहाँकाे जीवनस्तर

फेरिएन यहाँकाे जीवनस्तर

  • शुक्रबार, जेष्ठ २१, २०७८
फेरिएन यहाँकाे जीवनस्तर

कर्णाली पारी,राजधानी काे नजरमा सुदुर,सुदुरकाे सदरमुकाम बाजुरा,उक्त सदरमुकामदेखि काेशााै टाडा,मेराे जन्मभुमि मेराे गाँपा,यहि स्थानिय तहमा मेराे वस्ति छ । वेला-वेला अाफ्नाे जन्म र कर्म थलाेलाइ सम्झेर सराप्नेकाे कमि छैन यहाँ,अाफ्ना पाखुराहरुले त्याे चट्टानलाइ फाेरेर बाली उब्जाउन संधै तल्लिन रहिरहने किसानहरुकाे बासस्थान हाे मेराे #स्वामिकार्तिक मेराे प्रिय जन्मभुमि,,,,बर्षकाे चार महिना मुग्लिन नभासिइ परिवारकाे लुगाफाटाे र खानपानकाे जाेहाे गर्न गार्हाे पर्ने मेराे ठाउँ याे समयमा पनि धेरै बुवाहरु र साथिहरु काेहि खाडि त काेहि भारतका कुना कन्दरामा भाैंतारिरहेका छन्,, दाललाइ स्वादिष्ट पार्न नुनकाे खाँचाे संधै परिरहने मेराे ठाँउ मा उन उब्जाउने भेडा र बाख्रा पालनमा अावद्ध किसानहरुकाे भने कमि छैन यहाँ,अालु सिमि र स्याउ फलाउन बर्षे सिजनमा लेखतिर धाइरहनेहरुकाे पनि कमि छैन यहाँ, लेख,वेसि,उकालि रअाेराली गरेर विहान वेलुकाकाे छाक गुजारा गर्न हिडिरहेकाहरुले अाजभाेलि काम काे शिलशिलामा बाटाेमा भिडै भिड छ,,कतिबेला लाग्छ अाहा! कति रमाइलाे तर याे हिँडाइकाे वास्तविक रहस्यामा डुब्ने हाे भने पिडै पीडा मा हिडिरहेका मान्छेका मन फाटेका र जलेका छन्,,,

अामाहरुलाइ कहिले चुहिने छानाेले रुवाँउछ त कहिले छाक टार्न मानाेले रुवाँउछ,कहिले मुग्लिनका श्रीमान र छाेराहरुलाइ सम्झेर अामाका अाँसु खसेका हुन्छन त कहिले छाेराछाेरीकाे पेट भाेकाे र जिउ नाँङ्गाेले रुवाँउछ,,,

बुवाहरु र युवाहरुलाइ अाफ्नि घरकि पियारी सम्झेर,नाबालक छाेराछाेरी सम्झेर,बुडेसकालका बा अामा सम्झेर अनि त्याे घरका खेतहरु बाँझै रहेहुन् भन्ने पिर परेर त कहिले के खाए के लाए भन्ने सम्झेर पाेलिरहेका छन् वहाँहरुका मन,,,

अचेल यहाँ तराइ बसाइँसराइ गर्न हाेडबाजी चहिरहेेकाे छ। यहाँकाे धेरै जमिनु बाँजाे रहेकाे छ, चाैतारीहरु शून्य भयका छन धेरैले बाअामालाइ घरमै छाेडेर अाफु अन्त बसाइँसराइ गरेका छन्,,

यहाँ विडम्बना र समस्यामाथि सरकारकाे हेर्ने नजर खासै सकरात्मक देखियकाे छैन्,, यहाँका बाटाे-घाटाे हरु उस्तै छन,विद्यालय र अस्पतालकाे अवस्था मा पनि कुनै नाैलाेपन छैन,पानी भर्न पधेँमा धाइरहनु परकै छ,,खाद्यान्न किन्न दिनभरिकाे बाटाे धाउनै परेकाे छ !! कठै !!

चर्चामा

सम्बन्धित समाचार