बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • तरुणदल अध्यक्ष ऐडिद्धारा बझाङमा स्वास्थ्य सामाग्री बितरण

तरुणदल अध्यक्ष ऐडिद्धारा बझाङमा स्वास्थ्य सामाग्री बितरण

  • मङ्लबार, जेष्ठ १८, २०७८
तरुणदल अध्यक्ष ऐडिद्धारा बझाङमा स्वास्थ्य सामाग्री बितरण

रमेश बहादुर सिंह/बझाङ–विश्व कोरोना भाईरस कोभिड १९ द्रोसो भेरियन्टल बझाङमा पनि महामारीका रुपमा फैलिए पछि जिल्लामा अक्सिजन र अन्य स्वास्थ्य स्वास्थ सामाग्रीको अभाब भैरहेको समयमा नेपाली काँग्रेशको भातृसंगठन नेपाल तरुणदल बझाङका अध्यक्ष बिष्णु ऐडिले जिल्ला अस्पताल बझाङ र बिभिन्न स्थानियतहलाई अक्सिजन कन्सन्टे«टर सहित स्वास्थ्य सामाग्री बितरण गरेका छन् ।
समाजसेबी अध्यक्ष ऐडिले बझाङ्गी जनताहरुले यो महामारीको समयमा भोग्दै आएका समस्या र अक्सिजनको कमी र बिभिन्न स्वास्थ्य सामाग्रीको अभाबमा अकालमै ज्यान गुमाउनु पर्ने भए पछि नेपाल तरुणदल बझाङ्गका अध्यक्ष बिष्णु ऐडिले बिदेशमा र स्वदेशमा रहेका आफ्ना साथीभाईहरुसंग समन्वय गरेर अहिले जिल्लामा अक्सिजन कन्सन्टे«टर र बिभिन्न प्रकारका स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएका छन् ।
अध्ययनको शिलशिलामा काठमाडौ गएका ऐडिले बिद्यार्थी जिवन देखिनै राजनितिक यात्रा काठमाडौ बाटै सुरु गरी अहिले नेपाल तरुणदल बझाङ्गको अध्यक्ष भैसके पछि आफ्नै गृह जिल्लामा बसेर बिभिन्न सरोकारवाला निकाय र परोपकारी मन भएका ब्यक्तिहरुसंग भावनात्मक समन्वय गरी जिल्ला बासीले भोग्दै आएका बिभिन्न खाले समस्याहरुको समाधान गदै आएका छन् ।
बझाङ्ग जिल्ला अस्पतालमा औषधी अभाव र कोरोनाका बिरामीहरुलाई अक्सिजनको कमीले गर्दा १७ जना बझाङ्गबासीले ज्यान गुमाउनु परेको थियो । यस्तो अवस्था अब अन्य कसैलाई आई लागे पनि सहज तरीकाबाट पिडीत बिरामीहरुको उपचारमा गर्नमा सहज होस् भनि एक अभियान चलाएर अहिले जिल्लामा सक्रिय भएर लागीरहेका छन् ।

अध्यक्ष ऐडि भन्नुहुन्छ चुनावी नारा लिएर मात्र यो महामारीको समस्या समाधान हुदैन यस्तो संकटको समयमा हामी सबै एकजुट भई लाग्यौ भने जिलामा रहेका हरेक समस्याको समाधान गर्न सकिन्छ । त्यसले यस्तो महामारीमा मेरा अमेरीका,जापान,कोरिया,भारत लगाएत बिभिन्न देश मा कामको शिलशिलामा गएका र स्वदेशमै रहेका दाजभाईहरु संग जिल्लाका समस्याहरु दर्साइ सकारात्मक सोचको समन्वय गरी परोपकारी मनभएका उहाँहरुको सानो सानो सहयोगले र मेरो समन्वयले अहिले जिल्ला अस्पतालमा दुई वटा अक्सिजन कन्सन्टे«टर र अन्य स्वास्थ्य सामाग्री बितरण गरीसकेको छ भने जिल्लाको छबिसपाथीभेरा गाउँपालिकामा एक अक्सिजन कन्सन्टे«टर सहित सबै गरी करिब पाँच लाख बरावरको स्वास्थ्य सामाग्री जिल्लामा बितरण गरिसकेको बताए । अब आगामी दिनमा पनि सबै स्थानियतहलाई यस्तै खाले स्वास्थ्य सामाग्री बिभिन्नदाताँहरु संग समन्वय गरेर बितरण गर्ने बताउनु भएको छ ।

अहिले सम्म जिल्लामा करिव १८ सय संक्रम्रीत भएका माध्ये केहि सन्चो भएर घर फकेका छन् भने कोरोनाकै कारण मृत्यु हनेको संख्या १७ जनापुगेका छन् । अहिले बझाङ्गमा पहिलेको अवस्था भन्दा केहि सुधार आएको जिल्ला अस्पताल बझाङ्गका डाक्टर मिलन खड्काले जानकारी दिनु भएको छ । आफु पनि बचौँ अरुलाई पनि बचाऔँ ।

चर्चामा

सम्बन्धित समाचार