बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फिचर
  • सुनालोः बाजुराको रैथाने धान

सुनालोः बाजुराको रैथाने धान

  • मङ्लबार, जेष्ठ १८, २०७८
सुनालोः बाजुराको रैथाने धान

नेपालमा हालसम्म ६ ओटा चैते धान सिफारिस र पञ्जीकरण गरी ९८ ओटा बर्षे धान सुचिक्रित रहेछन् (कृषि डायरी, २०७५) । त्यसैगरि बिभिन्न जिल्लाका रैथाने धानका बालीहरु पनि रहेका छन् । सबै रैथाने बालीले जुम्ली मार्सी जस्तो लोकप्रियता प्राप्त गर्न भने सकेनन् । लोकप्रियता हुन मिडिया मै आउनुपर्दो रहेछ र सेलिबे्रटीले नै प्रयोग गरेको हुनुपर्दो रहेछ । म एक सेलिबे्रटी नभइ आम बिद्यार्थी बाजुराको धानको बारेमा आफूले बुझको कुरा लेख्ने प्रयास गरेको छु र यसमा कुनै वैज्ञानिक तथ्य फेला नपरेका कारण कुनै भुल भएमा त्यसलाई अन्यथा नलिग्नु होला । बाजुरा आफैमा एउटा प्रकृतिको खानी हो र यसको उत्खनन् गर्ने कार्य उचित मान्छेको हातमा जान नसक्दा बाजुरा गरिबीको ७७ औं स्थानमा पुग्न गएको छ । जुम्ली मार्सी चामल जस्तै बाजराको पनि आफ्नै रैथाने चामल रहेको छ, सुनालो ।

No description available.

रातो रङ्ग भएको यस चामल खान निकै नै मिठो छ र खिर बनाउन पनि उत्तिकै राम्रो हुन्छ । यहाँका १७ १८ जना किसानहरुसँग सानो कुराकानी गर्दा उनीहरुले यस धानलाई २ दशक भन्दा पनि बढी रोप्दै आएका रहेछन् । हामी कृषिको बिद्यार्थीले कुनैपनि धानको बिऊलाई ४ ५ बर्ष भन्दा बढी प्रयोगमा ल्याउन हुन्न पछि यसको उत्पादनमा कमि आउछ भन्ने पढेका हुन्छौ तर यसको उत्पादनमा कुनै पनि कमि नआएको यहाँका किसानहरुले ब्यक्त गरे । यस धानमा अझैसम्म कुनै पनि रसायनिक मलको प्रयोग नगरेको उनीहरुले बताए । कुनै रोगको प्रकोप वा कुनै किराको आक्रमण अझैसम्म नभएको उनीहरुले प्रष्ट पारे ।

नेपालमा बिभिन्न धानको परिक्षण हुदै आएको छ र बर्षेनी नयाँ धानका प्रजातिहरु उत्पादन भइरहेका छन् तर पनि रोगका कारणले होस् वा किराका कारणले होस् वा धानमा नै बाला नलाग्ने कारण एउटा प्रजाति २ ३ बर्ष भन्दा बढी टिकिरहेको हुदैन । यस्तो अवस्थामा यो रैथाने धान २० औं बर्ष देखि टिकिरहेको छ । यस धानको बारेमा सुक्ष्म रुपमा नै अध्ययन गर्न निकै नै जरुरी देखिन्छ । यसमा पक्कै पनि आजका वैज्ञानिकहरुलाई आवश्यक पर्ने जिन (Gene)छ जसले यसलाई रोग किरासँग लड्न सक्ने आवश्यक तत्वहरु उत्पादन गरिरहेको छ वा यसमा वातावरणको पक्षको पनि ठूलो हात हुन सक्छ । त्यसैले पनि यसमा अध्ययन गर्न निकै नै जरुरी देखिन्छ ।

अबको भविष्य भनेकै Permaculture हो र विभिन्न बिकसीत मुलुकहरु पनि यसतर्फ अध्ययन गर्न लागेका छन् । हाम्रै छिमेकी देश भारतका बिभिन्न प्रान्तहरु पनि Permaculture तिर लागेका छन् । मानिसहरु आफ्नो स्वास्थ्यतर्फ निकै नै जागरुक छन् र थोरै महङ्गो भएपनि Organic नै खान खोज्छन् । त्यसैले पनि रैथाने बाली जसमा रोग किरा कम लाग्छ त्यसको संरक्षण गर्न निकै आवश्यक देखिन्छ । बाजुरेली रैथाने अवस्था निकै नै दयनीय छ । मानिसहरु यसको खेती गर्न छाडी सेता चामलका भात खान रुचाउछन् । जुम्ली मार्सीकाे तुलनामा यसको भाउ निकै नै कम रहेको छ र आगामी समयमा सेता चामलले रातो चामललाई दबाउदै सधैभरिका लागि नै धमाउने त होइन भन्ने चिन्ताको विषय रहेको छ । जुम्ली माशर्री जस्तै यसले राम्रो व्यापार पाउने हो भने यहाँका मानिसहरुको जीवनस्थरमा निकै नै राम्रो सुधार आउने थियो र यो बालीको संरक्षण हुने थियो ।

चर्चामा

सम्बन्धित समाचार