बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बाजुरामा थप जेष्ठ २१ गते सम्म निषेधाज्ञा

बाजुरामा थप जेष्ठ २१ गते सम्म निषेधाज्ञा

  • बिहिबार, जेष्ठ १३, २०७८
बाजुरामा थप  जेष्ठ २१ गते सम्म निषेधाज्ञा

बाजुरा — बाजुरामा निषेधाज्ञाको अवधि आगामी जेष्ठ २१ गते सम्मका लागि थप गरिएको छ ।  बाजुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे  छ ।

नँया भेरिरयन्ट सहितको कोभिड–१९ को संक्रमण बाजुरा जिल्लामा पनि दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यस अघि बैशाख २२ गतेदेखि ३१ गतेसम्म बाजुरा जिल्ला भर लागु हुने गरि निषेधाज्ञा जारी गरेको थियो । कोभिड १९ का कारण सँक्रमित हुनेको सँख्या घट्ने नभएर तिब्र रुपमा बृद्धि हुदै गएको कारण केहि दिन सम्मको लागि निषेधाज्ञा थप जारिएको छ । स‌ँक्रमितकाे सँख्या न्युन नहुँदा सम्म निषेधाज्ञा जारी रहने जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएकाे छ ।

जिल्ला स्तरीय कोभिड १९को ब्यवस्थापन केन्द्र डिसीसिएमसिको आज बसेको बैठकले जेठ २१ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारिले बताएका छन।

चर्चामा

सम्बन्धित समाचार