शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अमेरिकामा प्रेमिकासँग हेमन्त रानाले गरे बिबाह

अमेरिकामा प्रेमिकासँग हेमन्त रानाले गरे बिबाह

  • शनिबार, जेष्ठ ८, २०७८
अमेरिकामा प्रेमिकासँग हेमन्त रानाले गरे बिबाह

गायक हेमन्त रानाले अमेरिकामा बिबाह गरेका छन् । उनले, प्रेमिका माया अधिकारीसँग बिहे गरेका हुन् । उनीहरुको बिहे क्रिश्चियन परम्परा अनुसार भएको हो । गायक हेमन्त रानाले अनलाइनखबरसँग कुराकानी गर्दै भने–‘हामी साढे २ बर्षदेखि प्रेम सम्बन्धमा थियौं । दुबैको परिवारको सहमतीमा बिहे गरेका हौं ।’

‘सुन साइँली’ बोलको गीत गाएपछि चर्चामा रहेका हेमन्त केही बर्ष अगाडि अमेरिका पुगेका थिए । उनी अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छन् । हेमन्तका अनुसार माया नर्सिङ पढिरहेकी छिन् ।

गायक हेमन्त र मायाको बिहेमा उनका आफन्त, परिवार र साथीहरुको उपस्थिती थियो । गायक रानाका ‘दुबो फुल्यो, लैजा रे, सुन साइँली, तिमी छौं र पो’ लगायतका गीतहरु सुपरहिट भएका थिए । गायक रानालाई वैवाहिक जीवनको शुभकामना ।

चर्चामा

सम्बन्धित समाचार