• होमपेज
  • समाज
  • बिद्यार्थी नेता नरेश रोकायाले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बिद्यार्थी नेता नरेश रोकायाले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
बिद्यार्थी नेता नरेश रोकायाले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बाजुरा — बाजुराका युवा तथा बिद्यार्थी नेता नरेश रोकायाले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग गरेका छन ।
अनेरास्वस्यु केन्द्रीय सदस्य तथा सचिवालय सदस्य नेता रोकायाले कोभिड १९ को प्रभाव संगै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक रहेकाे र त्यसकाे अभाव बाजुराले झेलेको अबस्थामा आफ्नै जिल्लाका नागरिकहरुको सहयोगका लागि सानो सहयोग गरेको कार्यालय बिद्यार्थी नेता तथा अनेरास्वबीयु  केन्द्रीय सचिवालय सदस्य रोकायाले बताएका छन । जिल्लाका सामाजिक अभियान्ताको अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि सानो सहयोग गरेको रोकायाले बताएका छन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ताहरु यति बेला अक्सिजन ब्यबस्थापनका लागि अभियान संचालन गरे संगै बिद्यार्थी नेता रोकायाले सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार