शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतीय मुलकी नीरा अमेरिकी राष्ट्रपति बाइडेनको वरिष्ठ सल्लाहकार नियुक्त

भारतीय मुलकी नीरा अमेरिकी राष्ट्रपति बाइडेनको वरिष्ठ सल्लाहकार नियुक्त

  • आइतवार, जेष्ठ २, २०७८
भारतीय मुलकी नीरा अमेरिकी राष्ट्रपति बाइडेनको वरिष्ठ सल्लाहकार नियुक्त

एजेन्सी — भारतीय मुलकी नीरा टण्डन अमेरिकी राष्ट्रपति जो बाइनेडको वरिष्ठ सल्लाहकारमा नियुक्त भएकी छन् । यसअघि मार्चमा व्यवस्थापन तथा बजेट कार्यालयमा निर्देशकका रुपमा मनोनित भएकी नीरा राष्ट्रपति बाइडेनको वरिष्ठ सल्लाहकार नियुक्त भएकी हुन् ।

यद्यपि नीराले राजनीतिक विरोधका बीच बजेट कर्यालयमा भएको मनोनयन भने फिर्ता लिएकी थिइन् । नीरा अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनकी घनिष्ठ सहयोगी थिइन् । उनले सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेद्वारा उठ्दा निकै सहयोग गरेकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार