शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • नेपाललाई आपतकालीन सहयोगको खाँचो : विश्व स्वास्थ्य संगठन

नेपाललाई आपतकालीन सहयोगको खाँचो : विश्व स्वास्थ्य संगठन

  • शनिबार, जेष्ठ १, २०७८
नेपाललाई आपतकालीन सहयोगको खाँचो : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भारत मात्रै होइन अन्य मुलुकलाई पनि आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमण र उपचारको सामना गरिरहेका छन् ।’

उनले ती मुलुकहरुमा खोपको आपूर्ति सबैभन्दा ठूलो समस्याको रुपमा रहेको समेत बताएका छन् । यद्यपि गत हप्ता खोप उत्पादक र नेताहरुले उत्पादन क्षमता बढाउन काम गरिरहेकाले आफूलाई केही खुशी लागेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार