बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा ४४ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय २ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा ४४ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय २ पुग्यो

  • आइतवार, बैशाख २६, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा ४४ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय २ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ४४ जना कोराना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या २ सय २ पुगेको छ । आज ८५ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । हाल सम्म ५ सय ९१ जनाको परिक्षण गर्दा २ सय २ जनामा कोरोना पोजेटिभ देखीएको स्वस्थ्य कार्यालय बाजुराले जनाएको छ ।
हाल सम्म सक्रिय संक्रिमीत १ सय ८४ जना रहेका छन भने १७ जना निको भएका छन । जिल्लामा १ सय ६१ होम आइसोलेशनमा रहेका छन भने १६ जना आइसोलेशनमा रहेको तथ्याङक रहेको छ । पछिल्लाे २४ घण्टामा १ जना गरि जिल्लामा २ जनाकाे मृत्यु भएकाे जनाएकाे छ ।

हिजो सम्म जिल्लामा दुई आइसियु र २ भ्यान्टीलेटर भएको देखाएको भए पनि आजको रिर्पोटमा शुन्य रहेको देखाएको छ ।

चर्चामा

सम्बन्धित समाचार