बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जनगणनाको तालिमका सहभागी नै कोरोना संक्रमित, निकाय बेखबर

जनगणनाको तालिमका सहभागी नै कोरोना संक्रमित, निकाय बेखबर

  • आइतवार, बैशाख १९, २०७८
जनगणनाको तालिमका सहभागी नै कोरोना संक्रमित, निकाय बेखबर

बाजुरा — जिल्लाको सदरमुकाम मार्तडीमा संचालन भएको जनगणनको तालिमका १ जना सहभागीलाई कोरोना पुष्टी भएको छ । सामान्य लक्षण देखा परेर एन्टिजेन बिधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखीएको छ । तालिममा सहभागी अन्य धेरै जनामा सामान्य रुघाखोकी लगायतका लक्षण देखा परेका छन । धेरै जनाले कोरोना संक्रमण हुने डरले परिक्षण नगरेको पाईएको छ । यसरी सहभागीहरु बिरामी हुँदासम्म सम्बन्धित निकाय भने बेखवर रहेको पाईएको छ । जनगणनाका लागि परिक्षकहरुको तालिममा ५४ जना सहभागी रहेका र केहीलाई कोरोना भाईरस संग मिल्दोजुल्दो लक्षण देखापरेका छन । तालिममा सहभागीलाई कोरोना पोजेटिभ देखीए पनि जिल्ला जनगणना कार्यालय, जिल्ला प्रशासन कार्यालयमा भने जानकार नभएको बताईरहेका छन ।
तालिम बैशाख १६ गते देखी बाजुरा क्याम्पसको हलमा सुरु भईरहेको छ । नेपाल सरकारको बैशाख ६ गते गरेको परिपत्र अनुसार भिडभाड बिबाह भोज भतेर गोष्ठी सभा सम्मेलन गर्दा २५ जना भन्दा बढि सहभागी गर्न गराउन नहुने भनिएको छ ।
सरकारको परिपत्रको अबज्ञा गर्दै जिल्लाका जिम्मेवार निकायका प्रमुखहरुले भने तामझामका साथ सो तालिमको उद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, प्रहरी प्रमुख मदनजित महारा, पत्रकार महासघं बाजुराका अध्यक्ष छक्क मल्ल लगायत जिल्ला स्थित बिभिन्न निकायका प्रमुखहरु र पत्रकारहरुको समेत सहभागीतामा तालिमको उद्धघाटन गरिएको थियो । परिक्षकहरुको तालिम बैशाख २२ गते सम्पन्न हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार