बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • प्रदेश ५
  • गुल्मीमा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु

गुल्मीमा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु

  • आइतवार, बैशाख १२, २०७८
गुल्मीमा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु

१२ वैशाख, गुल्मी — गुल्मीमा एन्टिजिन परीक्षण रिपोर्ट पोजेटिभ भएका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ बासखर्क बस्ने ४५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुन्यप्रसाद गौतमले बताए ।

वैशाख २ गते भारतबाट फर्किंदा नै ज्वरो आएकाले उनी होम आइसालेशनमा थिए । उनको वैशाख ३ गते एन्टिजिन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको स्वाब सकलन गरी पीसीआर परीक्षण गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाउने तयारी भएको स्वास्थ्य संयोजक गौतमले बताए ।

चर्चामा

सम्बन्धित समाचार