बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सेवाग्राहिको मनमा भिजेका सिडियो गैह्रे, प्रशासनिकमा मात्र नभई विकासमा समेत सक्रिय

सेवाग्राहिको मनमा भिजेका सिडियो गैह्रे, प्रशासनिकमा मात्र नभई विकासमा समेत सक्रिय

  • बिहिबार, बैशाख २, २०७८
सेवाग्राहिको मनमा भिजेका सिडियो गैह्रे, प्रशासनिकमा मात्र नभई विकासमा समेत सक्रिय
फाइल तस्बिर : मुक्तिकोट गाँउमा पहिलाे पटक सिडियाे गैह्रे पुग्दा स्थानिय स्वागत गर्दै ।

बाजुरा–बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे ११ महिना बाजुराको बसाई पछि उहाँको सरुवा भएको छ । उहाँको कारागार कार्यलय बिरगञ्ज पर्सा सरुवा भएको छ । गैह्रेको ११ महिना बाजुराको बसाईमा बजुरेलि बासिमा निकै भिज्न सफल भएका छन् ।
सिडियो भन्ने बित्तिकै निकै सानदार तरिकारले हिड्ने र प्रस्तुत हुने गर्छन् । जनसमुदाय सँग कमै सम्पर्कमा बस्न चाहान्छन्, तर गैह्रे भने सबै सँग भिज्ने र सबैका समस्या बुुझ्ने सिडियोका रुपमा पहिचान भएर बाजुरा बाट सरुवा भएर गएका छन् ।
उनि सेवाग्राहि सँग कहिले पनि रुखो शब्द बोलेन्न्, राम्रो सँग सहजिकरण गरेर सेवाग्राहिलाई घर पठाउने गरेका थिए । बाजुराको प्रशासन प्रमुख भइरहँदा उनले कुनै पनि कर्मचारीलाई नकारात्मक तरिकाले हेरेन्न र नराम्रो ब्यबहार समेत नगरेको कर्मचारी बताउँछन् । नागरिकता बाट बञ्चित भएकालाई पनि उनले पहिलो पटक नागरिकता दिन सफल भएका थिए ।
सेवाग्राही सँग मिलनसार रुपमा प्रस्तुत सँगै प्रभाबकारी सेवाप्रवाह गरेका सिडियो गैह्रे बाजुराको बसाईमा बजुरेली बाँसीका मनमा भिजेर जादै छन् । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष काल्चे दमाइले भने गैह्रे सिडियो बाजुराका लागि नभुलिने पात्र रहेको वताउँछन् । उहाँले अरु सिडियो भन्दा फरक पहिचान बनाएको वताए ।
गैह्रे प्रशासनिक काममा मात्र नभई बाजुरामा विकासका सवालमा पनि उनि अग्रसर भएर लागेका थिए । बाढिपहिरोले तहसनहस बनाएको बेला बुढिगंगा नदिमा बेलिब्रिज स्थापना र सडक सुचारु गर्नमा निकै महत्वपुणर् भुमिका रहेको थियो । कोभिड १९ को संकटमा त सिडियो गैह्रेको टिम अग्रमोर्चा परिचालन भएको थिए । कोभिडका बेला उहाँको भुमिका महत्वपुणर् रहेको जनप्रतिनिधि बताउँछन् । बिपत्त ब्यबस्थापनमा उनको उल्लेखनिय भुमिका रहेको थियो ।
गैह्रे बाजुराको सर्वाधिक बिकटमा रहेको स्वामीकार्तिक गाँउपालिका वडा नम्बर १ मुक्तिकोट गाँउ पुुगेका थिए । त्यो गाँउमा पुुग्ने पहिलो सिडियो पनि हुन् । सदरमुकाम बाट ३ दिन पैदल दुरीमा रहेको यो ठाँउमा जनताका समस्या बुझनका लागि प्रजिअ पुग्दा स्थानिय बाट भब्य स्वागत पाएका थिए ।
पहिलो पटक सिडियो गाँउमा पुग्दा स्थानिय खुशी समेत भएका छन् । मुक्तिकोट गाँउमा दलित समुदायको बाहुल्यता रहेको छ, गरिब अभाबले यो गाँउ लामो समय देखि तड्पिरहेको छ, नेपालमा सबै भन्दा बढि गरिब भएको गाँउ मुक्तिकोट नै रहेको छ । बाजुरामा २०२८ साल बाट प्रमुख जिल्ला अधिकारी बस्ने ब्यबस्था रहेको थियो ।
पहिलो पटक हिरामान श्रेष्ठले बाजुरामा प्रजिअ भएर आएका थिए । त्यो पाल देखी अहिले सम्म बाजुरामा ४८ जना प्रमुख जिल्ला अधिकारीले बाजुरा जिल्ला चलाइसकेका छन् । तर यो बिकट ठाँउमा पहिलो पटक प्रजिअ गैह्रे पुगेका छन् ।
यो गाँउ भौगोलिक बिकटताले निकै टाढा रहेको छ । यो क्षेत्रमा राज्यका तल्लो तहका कर्मचारी समेत जान मान्दैनन् । केही कामका लागि त्यहाँ जानु पर्ने भएपनि बिच बाटै फर्कने गरेका थिए, स्थानिय बताउने गरेका छन् । गैर सरकारी संस्थाका कर्मचारी समेत जान मान्दैनन् । तै पनि हाम्रो जस्तो विकट ठाँउमा पहिलो पटक सिडिओ साव आएको हामी निकै खुशि भएको स्थानिय धन बिकले वताएका छन् । चुनावको बेला जिल्ला तहको नेता ति गाँउमा पुग्ने भएपनि अरु बेला भने राजनितिक दलका स्थानिय तहका भन्दा अरु कुनै नेता समेत नपुग्ने गरेको स्थानिय अगुवा मन लुवारले जनाए । ११ महिनाको बाजुरा बसाईमा उनि नेता भन पनि जनताका लोकप्रिय बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार