शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • प्रदेश अध्यक्ष थापा भन्छन्- मलाई गरिएको कारवाही ‘जोक्स अफ दि इयर’ हो !

प्रदेश अध्यक्ष थापा भन्छन्- मलाई गरिएको कारवाही ‘जोक्स अफ दि इयर’ हो !

  • सोमवार, चैत्र ३०, २०७७
प्रदेश अध्यक्ष थापा भन्छन्- मलाई गरिएको कारवाही ‘जोक्स अफ दि इयर’ हो !

काठमाडाै–‘भीम रावलले मलाई कारवाही गरेको भद्दा मजाक पनि मिडियामा आउँछ र ?’ नेकपा एमालेका नेता कर्ण थापाले प्रतिप्रश्न गर्नुभयो । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालको गुटका सदस्य भीम रावलले नेता थापालाई कारवाही गरेको घोषणा गर्नुभएको छ । रावलले गर्नुभएको कारवाही पछि थापाले भन्नुभयो–‘मलाई उनीहरुले गरेको कारवाही ‘जोक्स अफ दि इयर’ हो । हास्यास्पद हो ।’

‘पार्टीमा जिम्मेवारी विहिन रनिलम्वित मान्छेले कर्ण थापालाई कारवाही गरेको भनेर दुनियाँलाई हसाएका छन् ।भोलि यिनले अध्यक्ष केपी शर्मा ओलीलाई पनि कारवाही गरेको घोषणा गर्न बेर छैन’– थापाले भन्नुभयो । ‘अनेक स्टन्ट र फण्डा गरेर चर्चामा आउने यिनको मेलोमेसो हो । मलाई कारवाही गरेको भनेपछि मिडियामा आइन्छ र आफ्नो पनि चर्चा हुन्छ भनेर गरेका होलान्’– थापाको टिप्पणी छ ।

उहाँले भन्नुभयो– ‘यस्तोलाई कारवाही भनिँदैन । कारवाही भनेको कस्तो हुन्छ भन्ने हामी आउँदो चुनावमा देखाइदिन्छौं । चुनावमा जनकारवाहीका लागि भीम रावलहरु तयार भएर बसे हुन्छ ।’ ‘सोधिहाल्नुभयो तर मेरो टिप्पणी केही छैन’– थापाले भन्नुभयो– ‘आफ्नो गुट आइसीयूमा पुगे पनि ज्यूँदै छ भन्ने सन्देश दिन यस्ता हास्यास्पद काम गर्नुभएको होला ।उहाँहरुलाई लाज लाग्दैन, यस्ता कुराले मलाई केही अर्थ राख्दैन् ।’

तपाईंलाई गुण्डागर्दी र अनैतिक काम गरेको भनेर उहाँहरुले आरोप लगाउनुभएको छ, यसमा के टिप्पणी गर्नुहुन्छ भन्दा उहाँको जवाफ थियो– ‘मेरो केही पनि टिप्पणी छैन । उहाँहरुले कारवाही केही दिन ढिलो गर्नुभयो । अप्रिल फुलको दिन कारवाही गरेको भए सुहाउँथ्यो । अथवा, गाईजात्राको दिन पारेर कारवाही गरेको भए राम्रो हुन्थ्यो ।’

उहाँको थप टिप्पणी थियो– ‘उहाँहरुलाई मेरो एउटा सल्लाह छ । केपी ओलीलाई चाहिँ गाईजात्राको दिन पारेर अध्यक्ष पदबाट हटाउनुहोला । ओलीलाई हटाएर गत महाधिवेशनमा अध्यक्ष पदमा पराजित माधव नेपाललाई नै अध्यक्ष बनाए जनतालाई झन् मनोरञ्जन हुनेछ । जनतालाई उहाँहरुले मनोरञ्जन दिइरहनुभएको छ । उहाँहरुले राजनीति छाडिसक्नुभयो, अहिले मनोरञ्जन उद्योगमा लाग्नुभएको छ ।’

चर्चामा

सम्बन्धित समाचार