शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार महासंघ बाजुराको अध्यक्षमा छक्क मल्ल नेतृत्वको प्यानल विजयी

पत्रकार महासंघ बाजुराको अध्यक्षमा छक्क मल्ल नेतृत्वको प्यानल विजयी

  • बिहिबार, चैत्र २६, २०७७
पत्रकार महासंघ बाजुराको अध्यक्षमा छक्क मल्ल नेतृत्वको प्यानल विजयी

नेपाल पत्रकार महासंघ बाजुराको अध्यक्षमा छक्क मल्ल नेतृत्वको प्यानल सहित विजयी भएको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको निर्वाचनको मत परिणमा छक्क मल्ल सहितको नेतृत्व प्यानल सहित विजयी भएको निर्वाचन अधिकृत मदन राज जोशीले बताएका छन् ।

प्रेश युनियन र प्रेस चौतारि ओली गठबन्धन अध्यक्षका उम्मेद्वारा छक्क मल्ललाई ५३ मत प्राप्त भएको छ भने उनका प्रतिद्वन्द्धी माधव समुहका प्रेम विकलाई ४४ मत प्राप्त भएको छ ।महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी संगीता तिमेल्सेनालार्ई ५० मत प्राप्त भएको छ भने उनका उनका प्रतिद्वन्द्वी कालिका उपाध्यायलाई ४६ मत प्राप्त भएको छ ।
त्यस्तै सचिवका उम्मेद्धार नन्दा कुमारि थापालाई ५३ मत प्राप्त भएको छ भने उनका प्रतिद्वन्द्धी अनिल शाहिले ४४ मत प्राप्त भएको छ । त्यस्तै सह–सचिवका खुला उम्मेद्वार गंगराज पण्डितलाई ५४ मत प्राप्त भएको छ भने उनका प्रतिद्वन्द्वी महोनराज जैशीलाई ४० मत प्राप्त भएको छ ।त्यस्तै कोषाध्यक्ष पदको उम्मेद्वार रहेका नहकुल जोशि ५४ मत प्राप्त भएको छ भने उनका प्रतिद्वन्द्धी लक्ष्मिराज पाध्यायलाई ४४ मत प्राप्त भएको छ ।त्यस्तै खुला महिला सदस्यमा भुवनेकुमारि शाहि, ददित सदस्यमा सरिता नेपाली र सदस्यहरुमा ईश्वर नाथ देवराज पाध्याय , पमित विक,प्रशान्त राज जोशि,मान बहादुरा ऐडि,राम बहादुर वि.क लगायतको सिङगो टिम नै विजय भएको छ ।
पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट भएको महासंघको निर्वाचनको मतगणना हिजो साँझदेखि नै सुरु भएको थियो । मतगणना सम्पन्न भएका अधिकांश ठाउँमा प्रेस युनियन नेतृत्वको गठबन्धन विजयी भएको छ।

चर्चामा

सम्बन्धित समाचार