आइतवार, जेष्ठ २०, २०८१
  • होमपेज
  • समाज
  • महोत्तरीबाट वेपत्ता भएका किशोरी र बालिका बिहारमा भेटिए

महोत्तरीबाट वेपत्ता भएका किशोरी र बालिका बिहारमा भेटिए

  • बिहिबार, चैत्र १९, २०७७
महोत्तरीबाट वेपत्ता भएका किशोरी र बालिका बिहारमा भेटिए

महोत्तरीबाट बेपत्ता सात किशोरी र बालिका बिहारको सीतामढीमा भेटिएका छन्। मंगलबार दिउँसोदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी तथा बालिका भारत, विहारको सीतामढी भेटिएको प्रहरीले जनाएको छ।

उनीहरू सीतामढी पुगेको भनी त्यहाँको प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिएका छन् ।

घाँस काट्न भनि गएका उनीहरु मंगलबार वेपत्ता भएका थिए।बेपत्ता हुनेमा भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान छन् ।

उनीहरुलाई भारतीय प्रहरीले समातेर राखेको जनाइएको छ । यताबाट प्रहरी गएपछि केहीबेरमा उनीहरूलाई हस्तान्तरण गरि उनका परिवारको जिम्मा लगाइने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार