शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • हिमालीमा अपाङ्गता भएका ब्यक्तिहरुका लागी स्वास्थ्य परिक्षण शिविर सम्पन्न

हिमालीमा अपाङ्गता भएका ब्यक्तिहरुका लागी स्वास्थ्य परिक्षण शिविर सम्पन्न

  • शनिबार, चैत्र १४, २०७७
हिमालीमा अपाङ्गता भएका ब्यक्तिहरुका लागी स्वास्थ्य परिक्षण शिविर सम्पन्न

बाजुरा–हिमाली गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुका लागी स्वास्थ्य परिक्षण दुुई दिने शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शुक्रवार र शनिवार गरि दुुई दिन सम्म सञ्चालन भएको स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले वताएका छन् ।
शिविरमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजुराज जैशीले चेकजाँच गरेका थिए । दुइ दिन सम्म सञ्ञ्चालन भएको शिविरमा ५० जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ । अपांगता भएका ब्यक्तिहरुलाई गाउँपालिकाले परिचय पत्र बितरणका लागि स्वास्थ्य शिविर गरिएको संयोजक भण्डारीले वताएका छन् । पहिलो चरणमा चेकजाँच भयो, अब बर्गिकरण गरेर समितिमा बाट पास गरेर परिचय पत्र बितरण गर्ने रहेको गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार