शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • आज राती १२ बजेदेखि बाजुरामा निषेधाज्ञा जारी

आज राती १२ बजेदेखि बाजुरामा निषेधाज्ञा जारी

  • शुक्रबार, चैत्र १३, २०७७
आज राती १२ बजेदेखि बाजुरामा निषेधाज्ञा जारी

बाजुरा — बाजुरा जिल्लामा पनी आज राती १२ बजेदेखी लागु हुने गरी निशेधाज्ञा जारी गरिएको छ । बिभिन्न जिल्लाहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै बाजुरामा पनी लकडाउनको गर्न निशेधाज्ञा जारी गरीएको हो ।
जिल्ला प्रशासन कार्यालय बाजुराले सुचना जारी गरी बाजुराबासी सबैले सचेत हुन आग्रह गरेको छ । नेपाल सरकार गृह मन्त्रालय बाट प्राप्त भएको पत्र अनुसार शुक्रबार राती १२ बजे बाट सुरु हुने गरी निशेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको हस्ताक्षेरीत सार्बजनिक सुचना जारी गरीएको छ ।
जिल्लाको कुनै पनी ठाउँमा होली पर्ब खेल्न नपाइने समेत उल्लेख गरीएको छ । त्यसै गरी कोभिट १९ को रोकथामका लागि जिल्लामा भिडभाड, मेला महत्सव जात्रा लगायतका कुनै पनी कार्यक्रम गर्न नपाईने बताइएको छ । स्वास्थ्य सुरक्षा, सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पुणर् पालना गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले निर्देशन गरेको छ । यदि कसैले नियमको उल्घन गरेको पाईएमा संक्रमक रोग ऐन २०२० बमोजिम कार्बाही गरीने बताएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार