शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश २
  • साना हातहरु नेपालद्वारा बालबालिकाे उद्धार

साना हातहरु नेपालद्वारा बालबालिकाे उद्धार

  • बुधबार, चैत्र ११, २०७७
साना हातहरु नेपालद्वारा  बालबालिकाे उद्धार

मेवालाल यादव — रौतहटको सदरमुकाम गौर भन्सार लगायत तराई मधेसका सम्पूर्ण नाका गत वर्षको फागुन १० गते देखि कोरोना भाइरस संक्रमण तिब्र गतिमा फैलिदै गर्दा बन्द भएको थियो। १ वर्ष नेपाल भारत सिमा बन्द हुन लाग्दा मानव अधिकार सम्बन्धि कार्य चुनौतीपूर्ण अवस्था शृजना भए तापनी साना हातहरु नेपाल नामक ईन्टरनेशन संस्था पछि परेको छैन।

कोरोना भाइरस विश्व स्तरमा संक्रमण तिब्र गतिअमा बढ्दै गए ता पनि कोरोनालाई टारगेटगेट दिदै साना हातहरु नेपाल रौतहटको स्टेशन मैनेजर ललन यादवले मानव उद्धार सम्बन्धि कार्यमा कुनै कसर बाकी न राखेको बुझाइ संकलनमा आएको छ। लकडाउन भएको फागुन १० गते देखि नै हाल सम्म रौतहटको सदरमुकाम गौर लगायत नेपाल भारत सिमा स्थितिका भएका मानव बेचविखन तथा श्रम शोषण भएका ६ जनालाई उदार गरिएको स्टेसन मैनेजर ललन यादवले बताएका हुन।

साना हातहरु नेपाल रौतहटको स्टेसन मैनेजर एवं नेपाल भारत सिमा प्रवर्द्धकको रुपमा रहेको योधा ललन यादवले गौर बैरगनिया नाकाबाट बालबालिका ,युवायुवती सहित ६ जनालाई घर फर्काएका हुन् । लकडाउनको कारण निजको बुवाआमा टाढा हुने भएकाले आउन समस्याले फोन मार्फत नजिककैको आफन्तलाई जिम्मा लगाएको उनले बताए । मानव बेचबिखन अभियान विरुद्धमा लागेका INGO हरु कयै भए पनि सो मध्ये नम्बर १ स्थानमा सक्रिय साना हातहरु नेपाल रहेको नाका स्थित प्रहरी जवानहरुले प्रसंशा गरेको उनको व्यवहारले दर्शाए।

नेपाल भारत सिमा बिच मानव बेचबिखन सम्बन्धि अरु संघ संस्था मौन रहे पनि साना हातहरु नेपाल सक्रिय रुपमा कार्यरत रहेको श्रम रोजगार तथा चेलीबेटी बेचबिखन कार्य अन्तर्गत रहेको ६ जनालाई उदार गरिएको कार्यले झल्काइरहेको छ। मानव बेचबिखन विरुद्धमा कार्य सम्बन्धि नेपाल भारत सिमा नजिक शीत जुडेका तराई मधेसका सम्पूर्ण जिल्लामा साना हतहरु नेपालले आफ्नो भुमिका उल्लेखनीय राख्न कुनै कसर बाकी राखेको छैन भनि यादवले बताए।

चर्चामा

सम्बन्धित समाचार