शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • सम्बिधान कुल्चन कसैलाइ अधिकार छैन : सासंद खड्का

सम्बिधान कुल्चन कसैलाइ अधिकार छैन : सासंद खड्का

  • शनिबार, चैत्र ७, २०७७
सम्बिधान कुल्चन कसैलाइ अधिकार छैन : सासंद खड्का

बाजुरा — नेपाली काँग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका सांसद भरतबहादुर खड्काले सम्बिधान कुल्चन कसैलाइ अधिकार नभएकाे बताएका छन । शनिबार नेपाल प्रेस युनियन बाजुराले मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद खड्काले यस्ताे बताएका हुन  । मुलुक र संविधानको रक्षा नभएमा देश द्धन्द्धमा जान सक्ने संकेत खड्काले गरेका छन् । काँग्रेसले सरकारमा जानका लागि हतार नभएको खड्काले बताए ।

उनले सम्मेलनमा सर्वोच्च अदालतको निर्णयपछि प्रत्रधानमन्त्री केपी ओलीले पदबाट नैतिक रुपमा राजिनामा दिनुपर्ने हो । तर नैतिकता नै नभएकाले ओली अहिलेसम्म प्रधानमन्त्रीको पदमा बस्नु कुनै औचित्य नभएको खड्काले बताएका छन  ।
उनले सम्मेलनमा अहिले देश अनिर्णयको बन्दीमा पुगेको प्रति ,चिन्त व्यक्त गरेका छन । अब काँग्रेस सरकारमा जान्छ कि भन्ने पत्रकारको प्रश्नमा काँग्रेसलाई सत्ताको भन्दा पनि लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने आवश्यकता भएकाले परिपक्वता देखाउदै निर्णय गर्ने खड्काले प्रतिक्रिया दिएका छन् ।नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सांसद तथा डोटीका पुर्व जिल्ला विकास समिति सभापति भरतबहादुर खड्का रहेका थिए । सम्मेलनमा नेपाली काँग्रेस बाजुरा महासमिति सदस्य जुना दानी,संगठन विभाग प्रमुख धनराज पण्डित, बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवाल , उप प्रमुख  कविता विष्ट,पत्रकार महासंघका उपाध्यक्ष निमेन्द्र शाही लगायत पत्रकार सहभागी थिए । सम्मेलनको प्रेस युनियन जिल्ला उपाध्यक्ष संगिता तिमिल्सेनाले गरेकी थिइन  ।

चर्चामा

सम्बन्धित समाचार