शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • कुपोषणले बर्षेनी बच्चाहरुको मृत्यु

कुपोषणले बर्षेनी बच्चाहरुको मृत्यु

गाँउभरिका बालवालिका कुुपोषणको चपेटामा

  • बिहिबार, चैत्र ५, २०७७
कुपोषणले बर्षेनी बच्चाहरुको मृत्यु

बाजुरा —  स्वामिकार्तिक गाँउपालिका १ मुक्तिकोट गाँउका अधिकांश बालवालिका कुुपोषणको चपेटामा रहेका छन् । गाँउमा कुुपोषणका कारणले बर्षेनी वालवालिकाको मृत्युु हुने गरेको छ । त्यहाका नागरिकलाइ बच्चा मर्ने त सामान्य झै भएको छ । खान लगाउन राम्रो सँग नपाउने त्यहाँ बासिन्दा बालबालिका, गर्भवति महिला चरम कुपोषणको मारमा परेका छन् । धेरै बच्चा हरु अहिले कुपोषणका कारणले जिवनमरणको दोसाधमा रहेका छन् ।
स्थानिय रेली बिकका ४ वटा बच्चा कुपोषणका कारणले यो भन्दा पहिला नै मृत्यु भइसकेको छ । रेलिकको २ महिनाको छोरा विकास बिक पनि अहिले कुपोषणको रहेको छ । २०७७ मंसिरमा २ बर्षिय छोरी मनिषा किकको कुुपोषणका कारणले मृत्यु भएको रेलिका श्रीमान जनक बिकले वताएका छन् । त्यस्तै २०७५ कार्तिक महिनामा ३ बर्षको शुुभम बिक पनि खान नपाएर कुपोषणले मृत्यु भएको छ । अहिले २ महिनाको छोरा पनि जिवनमरणको दोसाधमा रहेको छ ।
रेलिको परिवारको कथा त एउटा उदाहरण मात्र हो । उक्त गाँउमा अहिले ३० भन्दा बढि बालबालिका कुपोषण बाट निकै ग्रसित भएका छन । १ बर्ष यता मात्र कुुपोषण लगायत अन्य रोगले ६ जना बच्चा ज्यान गइसकेको छ । स्थानिय संगिता बिकको गत बर्ष मंसिरका कुपोषणका कारणले छोराको मृत्यु भएको वताईन्, उनको अर्को बच्चा पनि कुुपोषणको चपेटामा रहेको छ ।
लुडि बिकको १ बर्ष पहिला १ बर्षयि बदेला बिकको मृत्युु भएको थियो । राम्रो सँग दुुध आएन्न, खान लगाउन राम्रो सँग पाएन्, १ बर्ष सम्म त बचाए पछि मृत्युु भएको वताईन् । घुुगुरी बिकको पनि ६ बच्चा जन्माईन्, २ वटा बच्चाको कुुपोषणले मृत्युु भएको वताईन् । यी त केही उदाहरण हुुन्, धेरै बालवालिका कुपोषणको चपेटमा परेका छन् । सरकारले अहिले सम्म गाँउमा कुपोषित बालवालिकाको अबस्था कुनै अध्ययन तथा खोजेको पाइदैन् ।
मुक्तिकोट गाँउमा उपचार अभाबमा कुुपोषणले धेरै बालकालिका छटपटिरहेको स्थानिय बल बहादुर बिकले वताएका छन् । धेरै सुुत्केरी आमाहरु आफै कुुपोषित रहेका छन् । यसरी बर्षेनी कुुपोषणका कारणले बालबालिकाको मृत्युभएको भएपनि राज्यको ध्यान पुुग्न सकेको छैन्, मुक्तिकोट बाँसि भन्छन्, हाम्रो भनेको राज्य सुुन्दैन्, कसलाई भन्ने गुुनासो पोख्छन् । कुपोषणको शिकारमा गाँउका बालवालिका चपेटा परेका भएपनि सरकारलाई त्यहाको अबस्थाको बारेमा कुुनै जानकारी छैन् । नत कुपोषण जाँच गरेको छ, नत ति बच्चाहरुको उपचार तथा लिटोको ब्यबस्थापन् गरेको पाईन्छ । गाँउ नजिकै भर्खरै सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएपनि सामान्य उपचार बाहेक अन्य कुपोषण सम्बन्धि कुुनै चेकजाँच नहुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार