बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेशसभामा एमाले र माओवादी केन्द्रका सांसद एउटै लहरमा

सुदूरपश्चिम प्रदेशसभामा एमाले र माओवादी केन्द्रका सांसद एउटै लहरमा

  • मङ्लबार, चैत्र ३, २०७७
सुदूरपश्चिम प्रदेशसभामा एमाले र माओवादी केन्द्रका सांसद एउटै लहरमा

धनगढी– नेकपा भंग गरेर सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपनि सुदूरपश्चिम प्रदेशसभामा दुवै दलका सांसदको लहर छुट्याइएको छैन। नेकपाको नेतृत्वमा गठित प्रदेश सरकार अदालतको आदेशसँगै माओवादी केन्द्र र एमालेको गठनबन्ध सरकारका रुपमा परिणत भएको छ।

प्रतिनिधिसभामा माओवदी केन्द्रले सरकारलाई समर्थन गरेपनि सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई नेकपा एमालेले साथ दिएको छ। प्रतिनिधिसभामा सत्तापक्षकै लहरमा माओवादी केन्द्र र एमालेका सांसदहरुलाई छुट्टाछुट्टै लहरमा राखिएका बेला यहाँ भने अलग–अलग लहर कायम नगरिएको हो।

जसका कारण अहिले पनि प्रदेशसभा सदस्यहरु प्रदेशसभाको बैठक चलेका बेला एउटै लहरमा बसिरहेका छन। मंगलबार बसेको प्रदेशसभा बैठकमा पनि उनीहरु एउटै लहरमा देखिए। सुदूरपश्चिम प्रदेसशभा सचिवालयका सचिव रामसिंह धामीले दुवै दलका प्रदेशसभा सदस्यहरुलाई अहिले नै अलग–अलग नगरिएको बताए।

उनले त्यो विषयमा तत्काल कुनै खालको प्रस्ताव नआएको र व्यवस्थापनमा ठाउँको पनि अभाव रहेकाले छुट्टाछुट्टै नराखिएको जनाए।मंगलबार बसेको प्रदेशसभा बैठकमा सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विद्येयकको संशोधन प्रतिवेदन पेश भएको छ।

प्रदेशसभाको सामाजिक विकास समितिकी सभापति कुन्ति जोशीले दफावार छलफलपछि बनेको संशोधन प्रतिवेदन सभामा पेश गरेकी हुन्। प्रदेशसभाको अर्को बैठक चैत ८ गते बस्नेगरि स्थगीत भएको छ। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार