शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा बिच्चली परेका मुुक्तिकोट गाँउका एक दलित परिवारकाे उद्धार

आर्थिक अभाबमा बिच्चली परेका मुुक्तिकोट गाँउका एक दलित परिवारकाे उद्धार

  • आइतवार, चैत्र १, २०७७
आर्थिक अभाबमा बिच्चली परेका मुुक्तिकोट गाँउका एक दलित परिवारकाे उद्धार

बाजुरा–बाजुराको स्वामिकार्तिक खापर गाँउपालिका १ मुुक्तिकोटमा आर्थिक अभाबमा बिच्चलीमा रहेको जनक विकको परिवारलाई उद्धार गरिएको छ । पैसा नहुुँदा उपचार गर्न नसकेर एकै परिवारका चार जना बिच्चली परेको समचार बडिमालिका खबर, दि हिमालयन टाईम्समा प्रकाशित पछि उनको परिवार उद्धार भएको छ ।
अलपत्र परेको समचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृह तिलगंगाले उद्धार गरेको छ । जनक बिकको ४ जनालाई गृहले काठमाडौमा उपचार समेत शुुरु गरिसकेको शान्ति सेवा गृह तिलगंगाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । समचार पछि थाहा पायौ, संस्थाले उद्धार गर्ने निणर्य गरे अनुुसार उद्धार गरेको कुुवरले वताए ।
उपचारका लागि संस्थाले बाजुुरा देखिनै हवाइ यातायात खर्च तिरेर काठमाडौ लगेको छ । दि हिमालय टाईम्स अनलाइन र पत्रिकामा समचार प्रकाशित भएपछि जर्मन नागरिक Marianne grospietch ले जर्मनमा नै समचार पढेपछि उनको सल्लाह तथा सहयोगले उद्धार गरेको संस्थाका कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताएकि छन् । सबै जनाको उपचार सँगै खान बस्नको ब्यबस्थापन संस्थाले नै गर्ने कार्कीले वताईन् ।
घरमुलि जनक बिक जन्मजात राम्रो सँग आँखा देख्दैनन्, भने उनि श्रीमति र दुुई छोरा छोरी कुुपोषणको चपेटामा परेका थिए । उनको २ महिनाको छोरा कुुपोषणको अभाबमा जिबनमरणको दोसाधमा रहेको थिए । पैसा नहुुदा जनक बिकले अहिले सम्म आँखाको चेकजाँच र उपचार गर्न सकेका थिएन् । जनकले खुशी हुुदै भने मेरा लागि त भगवना नै फेला परेको वताए । काठमाडौ समेत कहिले नदेखेका उनि पहिलो पटक काठमाडौ उपचार गर्न पाँउदा सहयोग गर्ने लाई धन्यवाद दिएका छन् ।
रेलि बिककी ६ बर्षकी छोरी बिनिता बिक कुुपोषणको चपेटामा रहेकी छन् । रेलि समेत कुुपोषित रहेकी रेलिको दुध समेत नआउदा नाबालक छोरा झन जोखिममा रहेको थियो जन्मेदेखी नै दुध आउदैन्, गाँउले बाट पाउडरको दुध खुुवाएर बचाइरहेको उनले वताईन् । रेलिका यो भन्दा पहिलो कुुपोषणका कारणले ३ वटा बच्चा मृत्यु भइसकेको छ । घरमा खान लगाउन पुुग्दैन्, मागेर परिवार पाल्ने गरेको छुु, कुुपोषणका कारणले आफ्नो दुध नआउने गरेको उनले वताईन् । खाना नपाएर रेलि बिक पनि कुुपोषणको शिकार भएको वताईन् ।
रेलिले भनिन्, कुनै दिन त खानै नपाएर भोकै बस्नुुपर्ने बाध्यता रहेको वताईन्, पोषिलो खाने कुुरा त धेरै टाढा रहेको वताईन् । Marianne grospietch शान्ति सेवा गृहको संस्थागत फाउन्डर रहेकी छन् । उनले समचार पढेर खबर हामिलाई खबर गरिन्,.आफुहरुले पनि समचार पढयौ, उनको अबस्था निकै कहाली लाग्दो पाएपछि उद्धार गरेको कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताए । ३५ बर्ष देखी ःबचष्बललभ नचयकउष्भतअज बिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् ।

चर्चामा

सम्बन्धित समाचार