बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • एमाले केन्द्रीय कमिटीमा माधव नेपाल पक्षमा ९० सदस्य (सूचीसहित)

एमाले केन्द्रीय कमिटीमा माधव नेपाल पक्षमा ९० सदस्य (सूचीसहित)

  • मङ्लबार, फाल्गुन २५, २०७७
एमाले केन्द्रीय कमिटीमा माधव नेपाल पक्षमा ९० सदस्य (सूचीसहित)

काठमाडाै–बानेश्वरको होटल अर्यालमा माधव नेपाल पक्षका केही कार्यकर्ता जम्मा भएका थिए। त्यसैबीच नुवाकोटमा एमाले कार्यालय स्थापना भएको चर्चा चल्यो।

एक जनाले भने, ‘नारायण खतिवडा हाम्रै मान्छे हुन्, हामीलाई के भयो र? अब त ४२ जिल्लामा हाम्रा पार्टी प्रमुख हुने भए। पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीमा हाम्रा मान्छे छँदैछन्। कहाँ अब केपी ओलीले भनेजस्तो मात्रै हुनसक्छ?’

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर पुरानै अवस्थामा फर्किन निर्देशन दिएसँगै साविक एमालेभित्र यस्तो बहस सुरू भएको छ।

सर्वोच्चको उक्त आदेशकै कारण अब एमाले र माओवादी केन्द्र दुई अलग पार्टी बन्ने भएका छन्। यसले सबभन्दा ठूलो जटिलता एमालेमा हुने देखिएको छ। नेकपाको अन्तरविरोधमा प्रधानमन्त्री एवं एमालेका तत्कालीन अध्यक्ष केपी शर्मा ओली एकातिर थिए भने वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल अर्कातिर थिए।

सर्वोच्चले नेकपा एकता खारेज नगरेको भए उनीहरू एकै पार्टीमा रहने अवस्थासमेत थिएन। अब भने सबै एमाले नै हुने भएका छन्। वरिष्ठ नेता खनाल र नेपाल मात्र होइन, अन्य प्रभावशाली नेताहरू समेत ओली इतर समूहमा थिए।

साविकको एमाले संसदीय दलमा ओलीको अत्यधिक बहुमत रहे पनि केन्द्रीय कमिटीमा भने नेपालका पक्षमा पनि ओलीकै हाराहारी केन्द्रीय सदस्य छन्।

प्रतिनिधि सभाका १ सय २० सांसद कायम रहेकामा नेपालका पक्षमा ४० सांसद छन्। नेपाल पक्षले आफूहरूसँग ४२ सांसद रहेको दाबी गरेको छ।

केन्द्रीय कमिटीको समीकरण भिन्न छ। एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनितहरूको संख्यालाई आधार मान्दा पार्टी एकताअघि २ सय ५ सदस्यीय थियो।

मृत्यु भएका, संवैधानिक तथा विभिन्न नियुक्ति लिएकालाई घटाउँदा केन्द्रीय कमिटीको संख्या १ सय ९५ हाराहारी हुन आउँछ। उपाध्यक्ष वामदेव गौतम र केन्द्रीय सदस्य हरि पराजुली तटस्थ छन्। ओलीका पक्षमा १ सय ३ जना हुन आउँछन्।

नेपालका पक्षमा ९० जना केन्द्रीय सदस्य छन्।

१) झलनाथ खनाल- वरिष्ठ नेता
२) माधव नेपाल- पार्टी नेता
३) युवराज ज्ञवाली- उपाध्यक्ष
४) अष्टलक्ष्मी शाक्य- उपाध्यक्ष
५) भीम रावल- उपाध्यक्ष
६) घनश्याम भुषाल- उपमहासचिव
७) भीम आचार्य- सचिव
८) गोकर्ण विष्ट- सचिव
९) योगेश भट्टराई- सचिव
१०) मुकुन्द न्यौपाने- स्थायी समिति सदस्य
११) सुरेन्द्र पाण्डे- स्थायी समिति सदस्य
१२) अमृत बोहोरा- पदेन स्थायी समिति सदस्य

पोलिटब्युरो सदस्यहरू
१३) अरुण नेपाल
१४) गंगालाल तुलाधर
१५) नागेन्द्र चौधरी
१६) प्रदीप नेपाल
१७) प्रकाश ज्वाला
१८) परशुराम मेघी गुरुङ
१९) पशुपति चौलागाईं
२०) वेदुराम भुषाल
२१) रघुजी पन्त
२२) राजेन्द्रप्रसाद पाण्डे
२३) रामप्रित पासवान
२४) डा. विजय पौडेल
२५) श्रीमाया थकाली

वैकल्पिक पोलिटब्युरो सदस्यहरू
२६) गौरा प्रसाईं कोइराला
२७) जगन्नाथ खतिवडा
२८) तुलबहादुर गुरुङ
२९) भागवत विश्वासी
३०) शत्रुघन महतो

केन्द्रीय कमिटी सदस्यहरू
३१) गरिमा शाह
३२) चुडामणि जंगली
३३) जयन्ती राई
३४) जीवन घिमिरे
३५) जीवनराम श्रेष्ठ
३६) टंक कार्की
३७) ठाकुर गैरे
३८) बलदेव चौधरी
३९) ममता गिरी
४०) यज्ञराज सुनुवार
४१) राजेन्द्रकुमार राई
४२) रामकुमारी झांक्री
४३) लक्ष्मण पौडेल
४४) विजय गुरुङ
४५) विरोध खतिवडा
४६) विश्वनाथ प्याकुरेल
४७) सावित्रा भुषाल
४८) सीता गिरी ओली
४९) सोम पाण्डे
५०) श्रीप्रसाद शाह

२०७१ फागुन १३ गते मनोनित केन्द्रीय सदस्यहरू
५१) केदार न्यौपाने
५२) कल्याणी खड्का
५३) घनेन्द्र बस्नेत
५४) प्रमेश हमाल
५५) रामकुमार ज्ञवाली

२०७३ फागुन २० गते मनोनित केन्द्रीय सदस्यहरू
५६) धर्मनाथ शाह
५७) यदुवंश झा
५८) रामचन्द्र यादव
५९) रविन्द्र बैठा
६०) रामचन्द्र साह तेली
६१) रत्नेश्वर गोइत
६२) हरिनारायण महतो

केन्द्रीय कमिटीका वैकल्पिक सदस्यहरू
६३) कमलजंग राइ दनुवार
६४) कृष्ण खनाल
६५) गणेश पहाडी
६६) दिनेश राई
६७) धर्मराज निरौला
६८) निरा जैरु
६९) प्रकाश शाह
७०) प्रतापलाल श्रेष्ठ
७१) प्रेमल खनाल
७२) माधव अर्याल
७३) मेटमणि चौधरी
७४) रचना खड्का
७५) रविन कोइराला
७६) राजन राई
७७) राजबहादुर बुढा
७८) रामरती देवी राम
७९) शेरबहादुर केसी
८०) सुरेन्द्र मानन्धर
८१) सोम मिश्र
८२) हरिबहादुर राई
८३) हंसराज शाही

मनोनित वैकल्पिक केन्द्रीय सदस्यहरू
८४) खगेन्द्र चुडाल
८५) झपट रवल
८६) डा. देउमान सम्बहाङफे
८७) देवशंकर पौडेल
८८) भाष्कर काफ्ले

२०७३ फागुन २० गते मनोनित
८९) सुधीर शाह
९०) सरला यादव

चर्चामा

सम्बन्धित समाचार