बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीको फर्निचरमा भएको आगलागी नियन्त्रणमा, करिब ५ करोड बराबरको क्षति

धनगढीको फर्निचरमा भएको आगलागी नियन्त्रणमा, करिब ५ करोड बराबरको क्षति

  • शनिबार, फाल्गुन २२, २०७७
धनगढीको फर्निचरमा भएको आगलागी नियन्त्रणमा, करिब ५ करोड बराबरको क्षति

धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भएको आगलागी २ घण्टापछि नियन्त्रणमा आएको छ। आलोक मल्टी कन्सर्न प्रालिमा लागेको आगो धनगढी उपमहानगरपालिकाका २ वटा दमकल, गोदावरी नगरपालिकाको एउटा दमकल, एउटा स्काभेटर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए।

आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन्। प्रहरीले क्षतिको विवरण खुलाउन बाँकी छ। आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। फर्निचर उद्योगसँगै रहेको शोरुममा दिउँसो करिब १२ बजेतिर आगलागी भएको थियो।

चर्चामा

सम्बन्धित समाचार