शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा माग गरेअनुसारकाे कोरोना बिरुद्धको भ्याक्सीन पुगेन

बाजुरामा माग गरेअनुसारकाे कोरोना बिरुद्धको भ्याक्सीन पुगेन

  • बिहिबार, फाल्गुन २०, २०७७
बाजुरामा माग गरेअनुसारकाे कोरोना बिरुद्धको भ्याक्सीन पुगेन

बाजुरा — बाजुरा जिल्लामा लक्षित समुहलाई भन्दा कम कोरोना बिरुद्धको भ्याक्सीन अपुग आएको छ । जिल्लामा कोभिट १९ बिरुद्ध खोप अभियान तेस्रो चरणको खोप अपुग भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्लामा आज बसेको कोभिड १९ रोग बिरुद्धको खोप अभियानका समन्वय तथा अनुगमन समितिको बैठकले सो खोप जिल्लामा अपुग हुने गरी पठाएको जनाएको छ । तेस्रो चरणमा जिल्लाका नौ ओटै स्थानीय तहमा लगाउने भनिएको खोप ७ हजार डोज मात्रै जिल्लामा आईपुगेकोले सो डोज बाजुरा जिल्लाका सबै स्थानीय तहमा नपुग्ने कोभिड १९ रोग बिरुद्धको खोप समन्वय तथा अनुगमन समितिले जनाएको छ । जिल्लाका नौ ओटै स्थानीय तहमा ५५ बर्ष माथीका लक्षित समुह १८ हजार ८ सय ७९ रहेकोमा जिल्लामा आइपुगेको डोज अपुग भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।
आज बसेको कोभिड १९ रो बिरुद्धको तेस्रो चरणको खोप अभियान यही २३ गते देखी २९ गते सम्म संचालन हुने भनीएको भए पनी जिल्लाको पुर्बिउत्तर क्षेत्रका ४ ओटा स्थानीय तहमा पठाउने निणर्य गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताए । जसमा बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकामा सो खोप उपलब्ध गराउने बताएका छन । सो क्षेत्रमा ७ हजार १ सय ५४ लक्षित समुह रहेको जनाएको छ । सो अभियानलाई सफल पार्न सबैलाइ आग्रह गरिएको छ ।

यस अघि बाजुरामा पहिलो चरणमा स्वास्थ्य कर्मी महिला स्वास्थ्य स्वंयम सेविका र कोरानाका कारण मृत्यु भएका ब्यक्तीको शव ब्यबस्थापनमा खटिएका सुरक्षाकर्मी र दोस्रो चरणमा कर्मचारी स्थानीय तहका जनप्रतिनिधी बित्तिय तथा गैर सरकारी संस्थाका कर्मचारी र पत्रकारहरुलाई खोप लगाईएको थियो ।

चर्चामा

सम्बन्धित समाचार