शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • विद्यार्थी अन्जु दाहालको न्यायको निम्ति सरकार गम्भिर देखिएन: महामन्त्री तिमल्सिना 

विद्यार्थी अन्जु दाहालको न्यायको निम्ति सरकार गम्भिर देखिएन: महामन्त्री तिमल्सिना 

  • बिहिबार, फाल्गुन २०, २०७७
विद्यार्थी अन्जु दाहालको न्यायको निम्ति सरकार गम्भिर देखिएन: महामन्त्री तिमल्सिना 

काठमाण्डाै — सिन्धुपाल्चोक जिल्ला,त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ निवासी काेटेश्वर बहुमुखी क्याम्पस B.Ed.प्रथम वर्षमा अध्ययनरत छात्रा अन्जु दाहालको हिजो बिहान क्याम्पस जाने क्रममा ललितपुरकाे बागडाेलमा गाडीको ठक्करवाट मृत्यु भएको घटनाको विरुद्ध, घटनाको छानबिन,सवारी चालकलाई कानुनी कारवाही र पिडित परिवारजनमा उचित राहत र क्षतिपूर्तिको माग गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुले आज बिहान विशाल प्रदर्शन गरेका छन । कोटेश्वर चोक बाट शुरु भएको र्यालि बालकुमारी चोकमा सभा पछि समापन भएको थियो ।
सभालाइ सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थी हरु दिन प्रतिदिन असुरक्षित ब्गएको भन्दै कलेज बाट घर जाने क्रममा जेब्रा क्रसिङ मै ठक्कर दिई मृत्यु भएको घटना लाई दुर्घटना नभै हत्या भएको र आज सम्म चालक र सबारिधनी लाई कारबाहीमा नगरिनु प्रहरी प्रशासनको गम्भीर लाहप्रबाही भएको बताए ।

No description available.
राज्य विद्यार्थी र नागरिकको जिउ धनको सुरक्षा दिन दिनै चुकेको बताउदै संघका महामन्त्री तिमल्सिनाले सत्ताको झिनाझम्टीमा रुमलिएको सरकार लाई तत्काल अन्जु दाहालको परिवारले न्याय नपाए अझ कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन ।
सभालाइ कोटेश्वर क्याम्पसका प्रमुख गोबिन्द कार्की,अखिल केन्द्रिय सदस्य रबिन बस्नेत,स्वबियु सभापति माधव अधिकारि,नेबिसंघ कोटेश्वर क्याम्पसका अध्यक्ष दिनेश कार्की लगाएतले सम्बोधन गर्दै दोषीलाइ कडा करबाहिको माग गरेका छन । प्रदर्शनकै क्रममा प्रहरीले धर्पक्कड गर्दै केहिबेर नेबिसंघ अध्यक्ष दिनेश कार्की,उपध्याक्ष सन्जय बुढाथोकी,विद्यार्थी नेता टेक बहादुर शाही लाई पक्राउ गरि विद्यार्थी को दबाब पछि रिहा गरेको नेबिसंघ सचिब बिशाल कोइरालाले बताए।
हिजो बिना निश्कर्श सकिएको र आज पुनः बार्ता हुने भनिएपनी माग पूरा नभएसम्म निरन्तर आन्दोलन गरिने स्वबियु सभापती माधब अधिकारीले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार